७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँमा प्रहरीको साइकल गस्ती

सुर्खेत- ग्रामीण क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्नका लागि प्रहरीले साइकल गस्ती सुरु गरेको छ। नजिकिँदै गरेको चाँडपर्वलाई लक्षित गरेर गाउँगाउँमा साइकल गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ। पश्चिम सुर्खेतको इलाका प्रहरी कार्यालय बावियाचौरले मातहतका सबै युनिटहरुबाट ग्रामिण क्षेत्रमा साइकल गस्ती सुरु गरेको जनाएको छ।

‘दशैं, तिहार तथा छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर साइकल गस्ती सुरु गरेका छौं’ प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले भने, ‘यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन् ।’ उनले अपराधिक घटना न्यूनिकरण, लागूऔषध नियन्त्रण, महिला तथा घरेलु हिंसा न्यूनिकरण र जनचेतनामूलक कार्यक्रम गर्न साइकल गस्तीले सजिलो बनाएको बताए।

‘हामीसँग प्रयाप्त स्रोत–साधन नभएकाले साइकलमै गस्ती गरेर अपराध न्यूनिकरण र जनचेतनामूलक कार्यक्रम गर्न थालेका हौं’ उनले भने, ‘यो अभियान प्रभावकारी बन्दै गएको छ।’ वर्षाका कारण ग्रामीण सडकहरुमा अझै पनि यातायातका साधनहरु नपुगेकाले साइकल गस्ती प्रभावकारी बनेको उनको भनाई छ। पञ्चपुरी नगरपालिकाले प्रहरीका लागि साइकल उपलब्ध गराएको छ।

‘स्थानीय तहले साइकल दिएपछि गस्ती गर्न सजिलो भएको छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘गाडी नपुग्ने ठाउँमा पनि गस्ती गर्न सजिलो भएको छ।’ बावियाचौर इलाका प्रहरी कार्यालय मातहतका तीन वटा स्थानीय तहमा १२ वटा प्रहरी यूनिट छन्। सबै यूनिटहरुबाट साइकल गस्ती सुरु गरिएको उनले बताए।

 

प्रकाशित: १६ आश्विन २०७५ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App