८ वैशाख २०८१ शनिबार
समाज

गाँजा नष्ट गर्दै प्रहरी

गाँजा नष्ट गर्दै प्रहरी। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत – प्रहरीले गाँजा नष्ट अभियान सुरुवात गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वशन्त रजौरेले प्रदेश राजधानी वीरेन्द्रनगरबाट यो अभियानको सुरुवात गरेका हुन्।

‘वीरेन्द्रनगर–१३ स्थित करेखोलाबाट गाँजा नष्ट पार्ने अभियानको सुरुवात भएको छ’, एसपी रजौरेले भने, ‘अभियान जिल्लाभर लागू गरिएको छ।’ वीरेन्द्रनगरसहित अवलचिङ, लेकवेशी, सिम्ता, गुर्भाकोट, भेरीगंगालगायतका स्थानीय तहका विभिन्न ठाउँमा गाँजाखेति हुन्छ।

करेखोला क्षेत्रमा लगाइएको करिव पाँच सय भन्दाबढी बोट गाँजा प्रहरीले नष्ट गरेको थियो। एसपी रजौरेले जिल्लाभरका सबै प्रहरी युनिटहरुलाई मंगलबारदेखि गाँजा नष्ट गर्ने अभियानको सुरुवात गर्न निर्देशन दिइएको बताए। ‘व्यवसायीक रुपमा गाँजा खेती हुने ठाउँमा सादा पोशाकमा पनि प्रहरी परिचालन गरेका छौं’, उनले भने, ‘गाँजा नष्ट गर्ने मात्रै होइन यसको खेती गर्नेहरुलाई पनि पक्राउ गरेर कारवाही प्रक्रिया अघाडी बढाउँछौं।’

प्रकाशित: १६ आश्विन २०७५ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App