७ वैशाख २०८१ शुक्रबार
समाज

छुट्टाछुट्टै घटनामा भक्तपुरमा छ जनाको मृत्यु

भक्तपुर-पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ । काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।

त्यसैगरी भक्तपुर नगरपालिका–३ कमलविनायकस्थित राजन चित्रकारको निर्माणाधीन एकतले घरको भुइँतलामा बनाइँदै गरेको भूमिगत पानी ट्यांकीमा डुबेर अर्को एकादशी प्याथका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको निधन भएको विष्टले जानकारी दिए।
सुरुङ्गा (झापा)–करेन्ट लागेर गए राति शनिअर्जुन नगरपालिका–६ निवासी ३३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी निरीक्षक मधुकुमार थापाका अनुसार नगरपालिका–९ बसपार्क नजिकै रहेको भरतबहादुर अधिकारीका घरमा भाडामा बस्दै आएका उनलाई विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी–कैलाली जिल्लाको अत्तरिया नगरपालिकास्थित गोदावरी नदीमा डुबेर सोमबार साँझ तीन बालकको मृत्यु भएको छ ।

अत्तरिया नगरपालिका– १३ का शङ्करबहादुर कार्कीका १५ वर्षीय छोरा विशाल, पदम विक का १० वर्षीय छोरा निराजन र लालबहादुर विक का १२ वर्षीय छोरा उमेशको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अत्तरिया नगर क्षेत्रका तीन छुट्टाछुट्टै घन्टेश्वर, पुष्पाञ्जलि र जेके विद्यालयमा ती बालक अध्ययनरत रहेको बताइएको छ । उनीहरु सोमबारको सार्वजनिक बिदाको दिन ती बालक अत्तरिया बजारबाट पश्चिम रहेको गोदावरी नदीमा सँगै नुहाउन गएका थिए ।

बालक नदीमा डुबेको खबर पाएपछि गएको सशस्त्र प्रहरी टोलीले नदी मार्गमा रहेको गहिरो तालमा डुबेको अवस्थामा ती बालकको साँझ उद्धार गरी तत्काल पद्मा अस्पतालमा पु¥याएको उद्धारमा खटिएका प्रहरी मोहन बोहराले बताए। पद्मा अस्पतालले थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी सिफारिस गरिएकामा अञ्चल अस्पतालमा तिनलाई मृत घोषणा गरिएको थियो । रासस

प्रकाशित: ४ आश्विन २०७३ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App