coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बानियाँको ‘मृत्युसंस्कार मन्थन’

काठमाडौं – राजनीतिकर्मी तथा संस्कृतिविद् चन्द्रप्रकाश बानियाद्वारा लिखित पुस्तक ‘मृत्यृसंस्कार मन्थन’ लोकार्पण गरिएको छ । पुस्तकको संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ, पूर्वमन्त्री तथा लेखक दिनानाथ शर्मा, लेखक स्वयं र  शिखा वुक्सका प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका थिए। 

संस्कृति विज्ञ प्रा.डा. जगमान गुरुङले मृत्यु संस्कार के कसरी गर्ने वारे धेरै चर्चा र विर्मश भइरहेको आजको अवस्थामा पुस्तकले नयाँ संभावनाको खोजी गरिरहेको बताए ।  नेपालमा रहेका विभिन्न जातजातिको मात्र नभई विज्ञान, हिन्दू र अन्य धर्ममा रहेका मृत्युसंस्कार परम्परालाई समेत यसमा मन्थन गरिएको बताए।

लेखक बानियाँले पुस्तक तयार गर्ने लामो समय अध्ययन र अनुसन्धान गरेको तथा आफू पनि कम्युनिस्ट नै रहेको र कम्युनिस्टहरूलाई बिगारेको सांस्कृतिक परम्परालाई आफूले सच्याउने प्रयास गरेको बताए । पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो।

 

प्रकाशित: १६ आश्विन २०७५ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App