coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ट्रिटनमा आजबाट तीन दिने  सोसियल वर्क मेला हुँदै

काठमाडौं-  ट्रिटन इन्टरनेशनल कलेजले आजबाट तीन दिने सोसल वर्क मेला गर्ने भएको छ।  उक्त मेला असोज १६ गतेदेखि १८ गतेसम्म सञ्‍चलान हुने जनाइएको छ।

ट्रिटन कलेजमा आयोजित मेलामा विभिन्न कलेजमा सोसियल वर्क अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागतिा हुनेछ । मेलाको उद्घाटन तीन नम्बर प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले गर्ने कार्यक्रम छ।

महिलाहरुको शसक्तीकरणमा सहयोग गर्ने उद्देश्यले आयोजित यो मेलामा वर्कसप, फुड स्टल, नृत्य, नाटक, गीतलगायत विविध रचनात्मक कार्यक्रम समावेश गरिएका छन् ।

मेलामा माइती नेपाल, रेडक्रस, सोच, क्रियशनलगायतका सामाजिक संस्थाहरुले जानकारीमूलक स्टलहरु राख्दैछन् । मेलामा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटम पनि समावेश गरिएका छन् ।

मेलामा पाँच सयभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। सोसियल वर्क मेला पहिलोपटक आयोजना हुन लागेको हो । अब वर्षेनी यस्तो मेला आयोजना गरिने कलेजले जनाएको छ।

सोसियल वर्क पढेका विद्यार्थीलाई समाजिक समस्या र मुद्दाहरुमा थप प्रभावकारी रुपमा अध्ययन तथा अनुसन्धान गर्न यस्तो मेलाबाट सहयोग पुग्ने कलेजका प्रिन्सिपल डा. बिहारी विनोद पोखरेलले बताए।

प्रकाशित: १६ आश्विन २०७५ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App