८ वैशाख २०८१ शनिबार
राजनीति

अन्योलमा नेविसंघ महाधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ। माउ पार्टी कांग्रेसले संघको विधानलाई अन्तिमरुप दिननसक्दा महाधिवेशन नै अन्योलमा परेको हो।

विधानको बैधानीक समय अवधि यसअघि नी सकेको संघले अतिरक्त समयको उपयोग गर्दै कात्तिक दोस्रो साता महाधिवेशन गर्ने घोषणा गरेको छ। सोही अनुसार संघले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि पार्टीले विधान टुंगो लगाउन समिति बोलाएको छैन।

संघको केन्द्रीय समितिले केही दिनअघि नै विधान संशोधनका लागि प्रस्ताव पठाए पनि सहमहामन्त्री एवं निर्देशक समिति संयोजक प्रकाशशरण महत देशबाहिर हुँदा त्यस विषयले प्रवेश पाएको छैन। केहीदिनभित्रै पार्टीले संघको विधान टुंगो लगाउने विश्वास व्यक्त गर्दै संघका अध्यक्ष नैनसिंह महरले भने, ‘पार्टीले विधानमा होमर्वक गरिरहेको छ। केहीदिनमा टुंगो लगाउनेमा आस्वत छु।’

संघले सार्वजनिक गरेको कार्यतालिकाअनुसारै स्कुल, क्याम्पसहरूमा अधिवेशन सुरु भइसकेको दाबी गर्दै उनले भने, ‘तल्लो तहको अधिवेशन नियमावलीका आधारमा भइरहेको छ।’

संघका अध्यक्ष महरसहित पदाधिकारीले विधानको टुंगो नलाग्दा असोज १२ गतेभित्र विधान नआउँदा महाधिवेशन सम्पन्न गर्न अप्ठेरो परेको गुनासो गर्दै आएका छन्। संघले असोज १२ गाउँपालिका, उपरमहारनगरपालिका, १५गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको थियो। विधान नआउँदा यसअघिको मात्र होइन असोज २१ गते ७७ वटै जिल्ला, २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन गर्ने कार्यतालिका पनि प्रभावित हुने भएको छ।

संघले कात्तिक १० र ११ गते सातै प्रदेश र १६ गते १२औं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम सार्वजनीक गरेको छ। सोही अनुसार संघले भदौं २७ गते संशोधित विधानर नियमावली पार्टीलाई बुझाएको छ।

दुई वर्षअघि ११औं महाधिवेशन सम्पन्न गरेको उसको औपचारीक कार्यकाल गत भदौमा सकिएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App