coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१८ अंकले घट्यो नेप्से, ५३ करोडको कारोबार

काठमाडौ– आइतबार १० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सोमबार १८.०४ अंकले घटेर १२सय ३८.६७ अंक कायम भएको छ। कारोबार भएका १०मध्ये ९ समूहका सूचकहरु नै नकारात्मक रहँदा समग्र परिसूचक नै दोहोरो अंकले घटेको हो।

सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक७८.५६ अंकले घटेको छ भने निर्जीवन बिमा समूहमा ७१ अंकको गिरावट आएको छ। बैंकिङ समूह १९.८५ अंकले घटेको छ। विकास बैंक सूचक २९.७३ अंकले घटेको छ। उत्पादनमूलक समूह भने २६.८ अंकले बढेको छ।

आज १६५ कम्पनीका १७ लाख ६१ हजार ८१७ कित्ता शेयर किनबेच हुँदा ५३ करोड ९६ लाख ३ हजार ९३५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडका ७ करोड ८८ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच भएका छन्।  एनएमबि बैंकको २ करोड ८० लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज युनिलिभर नेपालको प्रतिकित्ता शेयर मूल्य ४९५ रुपैयाँले घटेको छ भने बोटलर्स नेपालको १३७ रुपैयाँले घटेको छ। बढ्नेमा निर्धन उत्थान लघुवित्तको प्रतिकित्ता शेयर मूल्य २३ रुपैयाँले बढेको छ। एभरेष्ट इन्स्योरेन्सको १९ रुपैयाँले बृद्धि भएको छ। 

 

प्रकाशित: १५ आश्विन २०७५ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App