४ वैशाख २०८१ मंगलबार
समाज

बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत् कटौती गर्न लागिएको छ। वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो।

प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ। बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुहश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउराली लगायत स्थानको समेत विद्युत् अवरुद्ध हुनेछ।

यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत् कटौती गरिँदा जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ। वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलोपालो प्रणालीका आधारमा विद्युत् लाइन काटिएको प्रमुख रेग्मीको भनाइ छ। रासस

प्रकाशित: १४ आश्विन २०७५ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App