coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जुनियर ब्याडमिन्टन सिरिजकाे उपाधि नेपालका प्रिन्सलार्इ

काठमाडाैं - नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन्। प्रिन्सले आइतवार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्। प्रिन्सले पहिलो सेट २१–११ र दोस्रो सेट समेत २१–११ ले जितेका थिए।सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन्। उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए।

बुधवारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया लगाएत राष्ट्रका खेलाडीहरुकाे सहभागिता रहेकाे छ।

प्रकाशित: १४ आश्विन २०७५ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App