८ वैशाख २०८१ शनिबार
खेल

दुवै खेल बराबर

काठमाडौं- एनआरटीले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबसँग १–१ को बराबरी खेल्दाआरसिटी पनि बराबरीमा रोकिएको छ। हल्चोकस्थित सशस्त्रको मैदानमा आरसिटीले सामाजिक युथ क्लबसँग २–२ को बराबरी खेलेको हो। बराबरीका बाबजुद एनआरटी शीर्ष स्थानमा यथावत छ भने आरसिटी चौथो स्थानमा रहेकोछ।

आठौं चरणको खेल सकिँदा एनआटी १८ अंकसाथ अगाडिछ। १७ अंकसाथ श्रीकुमारी क्लब दोस्रो र १६ अंक बटुलेको च्यासल युथ तेस्रो स्थानमा छन्। १६ अंक बटुलेको आरसिटी गोलअन्तरका आधरमा चौथोमा छ।

शेखर लिम्बुको गोलमा आरसिटीले १५औं मिनेटमा अग्रता लिएको थियो। सामाजिकका भुवन बस्नेतले ४१ औं मिनेटमा बराबरी गोल फर्काए। लिगमा भुवनको यो पाँचौं गोल हो। दिपेश थापाको गोलमा आरसिटीले ६८ औं मिनेटमा पुनः अग्रता लियो तर पाँच मिनेट नबित्दै सामाजिकका दिनेश राईले बराबरी गोल फर्काए।

हल्चोकमै सुशील लामाको गोलमा एनआरटीले ७७ औं मिनेटमा अग्रता लियो। तर ठाकुरश्रेष्ठले अन्तिम मिनेटमा गोल गरेपछि खुमलटारले एनआरटीसँग अंक बाँडेको थियो। ११ अंक बटुलेको खुमलटार आठौं स्थानमा छ। 

प्रकाशित: ४ आश्विन २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App