७ वैशाख २०८१ शुक्रबार
समाज

घुस रकम सहित इलेक्ट्रिसियन पक्राउ

काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टाेलीले एक इलेक्ट्रिसियनलार्इ घुस रकम सहित अाइतवार पक्राउ गरेकाे छ। नेपाल विद्युत प्राधिकरण, काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठ, उपकेन्द्र बुढानीलकण्ठमा कार्यरत इलेक्ट्रिसियन (तेस्रो तह) का कृष्णप्रसाद शर्माले घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएकाे भन्ने उजुरीका अाधारमा अायाेगकाे टङ्गालबाट खटिइ गएको टाेलीले शर्मालार्इ २० हजार घुस लिएकाे रकम सहित पक्राउ गरेकाे हाे। पक्राउ परेका शर्मा माथि थप अनुसन्धान भैरहेकाे अायाेगले जानकारी दिएकाे छ।

यसैगरी अायाेगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, नारायणी पर्साले सवारीचालक अनुमतिपत्र प्रचलित कानून विपरित नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेख समेतको सरकारी कागजात जलाई नष्ट गरी सरकारलाई बदनियतका साथ हानी नोक्सानी पुर्याएको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान गर्दा साे कार्यालयका केहि कर्मचारीहरु दाेषी रहेकाे ठहर गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ। सो कार्यालयका प्रमुख (उपसचिव) विश्वराज नेपाल, तत्कालिन शाखा अधिकृतहरु कमलराज गौतम, शालीग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालिन नायब सुब्बा अविन्दर दासको सो कार्यमा संलग्नता रहेको देखिएकाे अख्तियारले बताएकाे छ।

प्रकाशित: १४ आश्विन २०७५ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App