coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फामा प्रतिनिधि चयनमा विवाद

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव नजिकिँदै गर्दा प्रतिनिधि चयनमा विवाद उत्पन्न भएकोछ। पर्सा, झापा, सर्लाही, सिन्धुपाल्चोक र फ्रेन्ड्स क्लबमा प्रतिनिधि चयनमा विवाद देखिएको हो। भदौ ३० सम्म प्रतिनिधिको नाम चयन गरिसक्नुपर्ने थियो।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फाका सदस्य पंकज नेम्वाङले प्रतिनिधिको नामावली प्रकाशित गर्दा विधान र निर्वाचन निर्देशिका विपरीत गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले पक्ष वा विपक्षको दृष्टिकोणबाट सचिवालयमा समेत छलफल नगरी नामावली निर्वाचन समितिलाई दिएर प्रकाशित गरिएको बताए।

‘पाँच ठाउँमा विवाद आएका छन्। हामीले दुवै तर्फबाट आएको नामका व्यक्ति सँगै राखेर विवाद समाधान गरेर नामावली प्रकासित गरौ भनेका थियौं,’ एन्फाका उपाध्यक्ष किशोर राईले भने, ‘तर, एकलौटी ढंकले नामावली प्रकाशित गरिएको छ। हामीले अपिल कमिटीमा निवेदन दिएका छौं। यसको उचित सुनुवाइ नभए हामी कडा कदम चाल्न बाध्य हुन्छौं।’

फ्रेन्ड्स क्लबका अध्यक्ष रत्न शमशेर राणाले कार्यसमितिको बहुमत सदस्यले हस्ताक्षर गरेर निर्णय गरिएको प्रतिलिपी र प्रतिनिधि चयन गरी पठाए पनि नामावली प्रकासित हुँदा अर्कै नाम आएको बताए।

त्यस्तै पर्सा र सर्लाहीमा पनि कार्यसमितिका बहुमत सदस्यले निर्णय गरी पठाएको नाम विपरीतका नाम आएको राईले बताए। उनले भने, 'झापामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच विवाद चर्केपछि चुनावमा भाग नलिने निर्णय गरेको छ तर कार्यसमिति बैठकको निर्णय बिनै पठाइएको नाम प्रकासित गरिएको छ।'

सिन्धुपाल्चोकका उपाध्यक्ष पदमबहादुर मगरले बहुमतले निर्णय गरेर पठाएको नाम प्रकाशित नगरी अन्य नाम प्रकाशित गरिएको बताए।

प्रकाशित: ४ आश्विन २०७३ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App