coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल र चेल्सीले खेले बराबरी

काठमाडौं – म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार राति सम्पन्न खेलमा ब्राइटनलाई २–० गोलले पराजित गर्यो। लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा सिटीले २९ औं मिनेटमा लोरियो सानेको पासमा रहिम स्टर्लिङको गोलमा अग्रता लिएको थियो। खेलमा लगातार दबाब बनाइराखेको साविक विजेता सिटीले स्टर्लिङको पासमा ६५ औं मिनेटमा अग्रता दोब्बर बनायो। उसका लागि सर्जियो अगुरोले गोल गरेका थिए।

यसअघि घरेलु मैदानमा नै भएको च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा लियोनसँग अप्रत्यासित हार ब्यहोरेको सिटीले ब्राइटनविरुद्ध भने २८ पटक पोष्टमा चार्ज गरेको थियो। जितसँगै ७ खेलबाट १९ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ। 

त्यस्तै राति नै भएको अर्को खेलमा लिभरपुलले भने चेल्सीसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाडेको छ। चेल्सीको घरेलु मैदानमा भएको खेलमा ८९औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए। खेलको २५ औं मिनेटमा चेल्सीका इडेन हाजार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

चेल्सी अन्तिम २ मिनेट सम्हालिन नसक्दा हार बराबरीमा गर्न बाध्य भयो। ८९ औं मिनेटमा बैकल्पिक खेलाडी स्टुरिजले बराबरी गोल फर्काउदै लिभरपुललाई बचाएका थिए। उनी ८६ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए। लिभरपुल ७ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक भएपनि सिटी गोल अन्तरका आधारमा पहिलो स्थानमा छ। १७ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ।

आर्सनलले पनि वार्टफोर्डलाई २–० ले पराजित गर्यो। आर्सनलले ८१ औं मिनेटमा उपहार गोेल मार्फत अग्रता बनाएको थियो। क्रेइग क्याथकार्टले आत्माघाति गोल गर्दा आर्सनल अग्रता बनाउन सफल भयो। आत्माघाति गोल उपहार पाएको २ मिनेटमा नै ओजिलले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। जितसँगै आर्सनल १५ अंकका साथ पाँचौं स्थानमा छ। 

टोटेनह्यामले पनि हडल्सफिल्ड टाउनलाई २–० ले नै हरायो। टोटेनह्यामको जितमा दुवै गोल पेनाल्टीमार्फत स्ट्राइकर ह्यारी केनले गरेका थिए। उनले खेलको २५ र ३४ औं मिनेटमा गोल गरेका हुन। टोटेनह्याम १५ अंकका साथ चौंथो स्थानमा छ। त्यस्तै लेस्टर सिटीले न्यूक्यासललाई २–०, एभर्टनले फुलह्यामलाई ३–० र वोल्भरह्याम्टनले साउथह्याम्टनलाई २–० ले पराजित गरेका छन्। 

 

प्रकाशित: १४ आश्विन २०७५ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App