८ वैशाख २०८१ शनिबार
खेल

ला लिगाः शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं – साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।

बार्सिलोना अघिल्लो खेलमा पराजित भएको थियो। खेलको ४१ औं मिनेटमो ओस्कर डी मार्कोसले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनाका लागि लियोनल मेस्सीको पासमा ८४ औं मिनेटमा मुनिरले एल हाद्दादीले गोल गर्दै बार्सिलोनाको हार टारेका थिए।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कप्तान लिओनल मेस्सीलाई बेन्चमा राख्दै लुइस स्वारेज, फिलिपे कोउटिन्हो र ओस्मान डेम्बेलेलाई मैदानमा उतारेका थिए।  तर खेलको ५५ औं मिनेटमा मैदान प्रवेश गरेपनि मेस्सीले चमत्कारी खेल प्रदर्शन गर्न सकेनन्।

बार्सिलोनाका स्वारेज, कोउटिन्हो र डेम्बेलेले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो। बराबरीसँगै बार्सिलोनाको ७ खेलबाट १४ अंक भएको बिल्बाओ भने ७ अंक सहित १४औं स्थानमा छ। 

 

प्रकाशित: १४ आश्विन २०७५ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App