७ वैशाख २०८१ शुक्रबार
खेल

भ्यालेन्सियाको पहिलो जित

मड्रिड – केभिन गामारियोले गरेको निर्णायक गोलमा  भ्यालेन्सियाले जारी सिजन स्पेनिस ला लिगामा पहिलो जित हात पारेको छ । यसअघि ला लिगका ६ खेलमध्ये ५ बराबरी र १ हार बेहारेको भ्यालेन्सियाले साताैं खेलमा आएर जितको स्वाद चाखेको हो । ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा भ्यालेसिन्याले रियाल सोसिडाडलाई १–० ले हराएको हो।

३६औं मिनेटमा गामारियोले गरेको गोल भ्यालेन्सियालाई ला लिगामा पहिलो पटक स्पष्ट ३ अंक जोड्न पर्याप्त बन्यो ।
यस जितपछि ७ खेलमा ८ अंक जोडेको भ्यालेन्सिया १२औं स्थानमा छ भने समान खेलमा समान ८ अंक जोडेको सोसिडाड राम्रो गोलअन्तरमा ११औं स्थानमा छ।

यसअघि ला लिगामा शुक्रबार भएको खेलमा रियाल बेटिसले जिरोनालाई १–० ले पराजित ग¥यो । ६४औं मिनेटमा लोरेन मोरेनले गरेको गोल बेटिसको जितका लागि पर्याप्त बन्यो । त्यस्तै रायो भालेकानो र स्पानियोलले २–२ गोलको बराबरी खेले।

खेलको छैटौं मिनेटमा राउल डी थोमसको गोलमा भालेकानोले अग्रता लिएको थियो । त्यसको १३ मिनेटपछि बोर्जा इग्लियासले गोल गर्दा स्पानियोल खेलमा फर्किएको थियो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा स्टेवन ग्रानेरोले गरेको गोलमा स्पानियोलले अग्रता  लिएको थियो ।४७औं मिनेटमा गायल काकुटाले  गोल गर्दै भालेकानोको हारको संकट टारेका थिए।

प्रकाशित: १४ आश्विन २०७५ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App