coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युनाइटेडको हारसँगै माउरिन्होलाई थप दबाब

लन्डन – लगातारको खराब नतिजा र मिडफिल्डर पाउल पोग्बासँगको चिसो सम्बन्धका कारण दबाबमा रहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो शनिबार इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ३–१ को नतिजा सुम्पिएपछि थप दबाबमा परेका छन्।

प्रिमियर लिगको सुरुआतबाट देखिएको माउरिन्हो र पोग्बाबीचको सम्बन्धमा सुरु भएको चिसोपनाले गत साता नयाँ रूप लिएको थियो । पोग्बाले सिजनको सुरुआतमा ओल्ड ट्राफोर्ड छोड्दै बार्सिलोना जाने हल्ला चलेसँगै माउरिन्होले उनलाई सिजनका सुरुआती तीन खेलका साथै च्याम्पियन्स लिगको खेलमा समेत कप्तानीको जिम्मेवारी दिएका थिए।

तर गत साता प्रिमियर लिगमा उल्भरह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि पोग्बाले माउरिन्होले लिएको रक्षात्मक रणनीतिको चर्को आलोचना गरेका थिए । प्रिमियर लिगमा लगातार सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि आलोचित बनेका माउरिन्हो बुधबार इङ्लिस लिग कपमा डर्बी काउन्टीलाई ८–७ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएपछि माउरिन्हो थप दबाबमा परेका थिए।

युनाइटेडविरुद्ध यसअघिका १९ प्रिमियर लिग भिडन्तमा जित हात पार्न नसकेको वेस्ट ह्यामले शनिबार भने सुखद नतिजा ल्याएको हो।

युनाइटेडविरुद्ध यसअघिका १९ प्रिमियर लिग भिडन्तमा जित हात पार्न नसकेको वेस्ट ह्यामले शनिबार भने सुखद नतिजा ल्याएको हो । खेलको पाँचौं मिनेटमा फिलिपे एन्डरसनले गरेको गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो । तर मध्यान्तर हुन २ मिनेट बाँकी हुँदा रक्षक भिक्टर लेन्डोफले आत्मघाती गोल गर्दा वेस्ट ह्यामले अग्रता दोब्बर पारेको थियो । एन्ड्रे यार्मोलेन्कोले गरेको प्रहार रोक्ने क्रममा बलले लेन्डोफलाई छुँदै पोस्टको दिशा लिएको थियो।

७१औं मिनेटमा मार्कुस रसफोर्डले लुक शाहको पासमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसको तीन मिनेटपछि नै मार्को अर्नाटोभिचले बललाई जाली चुमाएपछि वेस्ट ह्यामले जित पक्का गरेको थियो ।
यस जितपछि ७ खेलमा ७ अंक जोडेको वेस्ट ह्याम १२औं स्थानमा उक्लिँदा समान खेलमा युनाइटेड १० अंकका साथ आठाैं स्थानमा यथावत् छ।

सिजनको सुरुआती ४ खेलमा लगातार हार बेहोरेको वेस्ट ह्यामले प्रशिक्षक म्यानुअल पेलिग्रिनीको आगमनपछि भने अंक गुमाएको छैन । पाँचौं खेलमा एभर्टनलाई पराजित गरेको वेस्ट ह्यामले गत साता चेल्सीलाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो।

प्रकाशित: १४ आश्विन २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App