coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एसियाको प्रभावशाली व्यक्तिको सूचीमा शाहरुख र ऐश्वर्या

मुम्बई– बलिउडका चर्चित कलाकार शाहरुख खान र ऐश्वर्या राय बच्चन एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

चर्चित म्यागजिन ‘एसियन जियोग्राफिक’ले सार्वजनिक गरेको एसियाका १ सय प्रभावशाली व्यक्तिमा बलिउडबाट शाहरुख र ऐश्वर्यालाई समावेश गरेको हो।

शाहरुख र ऐश्वर्याको नाम म्यागजिनको ‘एस्टोनिशिङ्ग एसियन्स’ समूहमा पर्न सफल भएको छ। शाहरुख अहिले फिल्म जिरोको प्रमोशनमा व्यस्त छन् भने ऐश्वर्या चाँडै प्रदर्शनमा आउन लागेको अक्षय र रजनीकान्तको फिल्म २.० मा देखिंदै छिन्।

त्यस्तै, प्रभावशाली व्यक्तिको सूचीमा भारतबाट क्रिकेटर सचिन तेन्दुलकर, अर्बपति मुकेश अम्बानी लगायत पनि परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७५ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App