coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल १ सय ७१ रनको फराकिलो अन्तरले पराजित

(फाइल फाेटाे)

काठमाडौं – यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा भारतसँग नेपाल १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ। बंगलादेशमा शनिबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै मात्र १ सय ३३ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान आसिफ शेखले सर्वाधिक २५ रन बनाए। उनले ६१ बलमा १ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २०, रबि शाहले १६ र रबिन्द्र शाहीले ११ रन बनाए। नेपालका ६ जना खेलाडीले दोहोरो रनको आकडा छुन सकेनन्। नेपाललाई सस्तैमा समेटन भारतका शीद्धार्थ देशाई र हर्ष ट्यागीले ३–३, मोहीत जनग्राले २ तथा अजय गंगापुरामर र आयुस बदोनीले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय ४ सय रनको स्कोर खडा गरेको थियो। भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १ सय ४ रनको शतकिय पारी खेले। उनले ११३ बलमा ८ चौंका र ५ छक्का प्रहार गरे। उनी नेपाली बलर भिम सार्कीको हातबाट क्याचआउट भए।

त्यस्तै सिम्रन सिंहले ८२, आयुस बदोनीले ३३, देवदत्त पादिकलले ३०, मोहीत जनग्राले २०, कप्तान पभन शाहले १३ र अजय गंगापुरामरले १० रनको योगदान दिए। नेपालका लागि भिम सार्कीले ४, रसिद खानले २ तथा कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले समान एक–एक विकेट दिए।

नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो। गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो। अब नेपालले दोस्रो खेलमा अक्टोबर १ मा अफगानिस्तानसँग र अक्टोबर २ मा युएईसँग खेल्ने छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

 

प्रकाशित: १३ आश्विन २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App