coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

९५ प्रतिशत बलात्कारी सरकारकाे कब्जामा : गृहमन्त्री थापा

फाइल तस्बिर

गुल्मी - गृहमन्त्री राम बहादुर थापाले ९५ प्रतिशत बलात्कारी सरकारको कब्जामा रहेको बताएका छन्। पाँच प्रतिशत बलात्कारीहरु अनुसन्धानकै क्रममा रहेका भए पनि अन्य ९५ प्रतिशत बलात्कारीलाई सरकारले नियन्त्रणमा लिइसकेको गृहमन्त्री थापाकाे भनार्इ छ।

लायन्स क्लव अफ काठमाडाैं लर्ड बुद्धले विश्व मुटु दिवसका अवसरमा आयोजना गरेको दुई दिने नि:शुल्क बृहत स्वास्थ्य शिविरलाई सम्बाेधन गर्दै गृहमन्त्री थापाले यो देशमा निर्मला पन्त मात्रै बलात्कृत नभएको स्पष्ट पारे। उनले निर्मला पन्तको विषयलार्इ लिएर जति आन्दोलन र विरोध भएका छन त्यो भन्दा बढी सरकार गम्भीर भएको बताए। ‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेलीहरु बलात्कृत भएका छन्,’उनले भने,‘यसमा सरकार गम्भीर र प्रतिबद्ध छ।’

उनले अहिले केहि व्यक्ति र घटना बिशेषलाई मात्रै उचालेर सरकार बिरुद्ध घेराबन्दी भए पनि आफूहरुले सबैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको बताए। न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्यायोचित नभएको थापाकाे भनार्इ छ। सरकारले राम्रो काम गर्दा सबैतिरबाट घेराबन्दी गर्ने र सरकार नै गिराउने सम्मको षड्यन्त्र भइरहेको उनले बताए।

प्रकाशित: १३ आश्विन २०७५ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App