उन्मूलन होला टीके–पद्धति ?

शनिबार, १३ असोज २०७५, १३ : ४३ विमल भौकाजी

राजतन्त्रको बेला तत्कालीन राजा महेन्द्रले ‘गाउँ फर्क अभियान’ नामक एउटा महान् योजनाको सुरूवात् गरेका थिए । अर्को अर्थ नलागेमा– पछि एमालेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्तै एउटा नारा थियो त्यो । अर्थात् गाउँको विकास नै समग्र राष्ट्रको विकास हो भन्ने अर्थ थियो त्यसको।

गाउँ फर्कको एउटा निर्दिष्ट उद्देश्यअनुरूप तत्कालीन संसद्को निम्ति त्यही गाउँ फर्कको अनुमोदनमा कथित स्वच्छ व्यक्तिले प्रतिनिधि छानिन पाउने ‘टिकिट’ पाउँथ्यो । टिकिट त पाउँथ्यो । तर, उसले चुनाव लडेर जित्नैपर्ने हुन्थ्यो । यो कुरो अलग्गै हो कि, त्यो टिकिट–प्राप्त व्यक्तिलाई सरकारी उम्मेद्वार भनिन्थ्यो र त्यस्ता उम्मेद्वारले लगभग चुनाव हार्दैनथे । यहाँ भन्न खोजिएको यत्ति हो कि निरङ्कुश या तानाशाही भनेर आक्षेप लगाउने गरिएको तत्कालीन पञ्चायती व्यवस्थामा पनि एउटा प्रक्रिया थियो । र, त्यो प्रक्रियाले एक किसिमको नैतिकता देखाउँथ्यो । तर, त्यसको तुलनामा आजको यो लोकतान्त्रिक भनेर नामाकरण गरिएको ‘सिस्टम’अन्तर्गत राज्य–प्रणालीका कतिपय ठाउँमा त्यत्तिको नैतिकता पनि देखिन मुश्किल छ ।

सन्दर्भ– नेपाल प्रज्ञाप्रतिष्ठानको।
यतिखेर प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ–कुर्सीहरू सबै रित्ता छन् । स्थायी–रित्ता होइन, ढिलो–चाँडो ती फेरि भरिनेछन् । र, यो रित्तो समयमा यहाँ प्रश्न उठेका छन्– 
– ती कुर्सी भरिने प्रक्रिया के–कस्ता छन् ?
– के फेरि टीके–प्रथालाई नै निरन्तरता दिइने छ ?... सत्तासीन राजनीतिक पार्टीहरूले दसैँको शुभ मुहूर्तसँगसँगै आफ्ना ‘खाँटी पार्टी कार्यकर्ता’लाई नै टीका लगाइदिएर ‘प्रज्ञा–प्रतिष्ठानको गरिमा’लाई सदाझैं ऊचो गरिदिएको ढोंग रच्ने हो ?

यदि कुरो यही नै हो भने भन्नु केही छैन । अन्यथा, के यस्तो हुन सक्ला– अब बन्ने ‘प्रज्ञा–प्रतिष्ठान’को यो परम्परा पूर्णरूपमा तोडिएर त्यहाँ नयाँ किसिमको पद्धतिको थालनी गरिएला ? अघिल्ला पुस्ताका कवि शैलेन्द्र साकारको अभिमत छ– ‘व्यक्ति छानिने यो टीके–प्रथा कमसे कम पनि यो बौद्धिक जगत्मा पटक्कै सुहाउने कुरो होइन।’

चार वर्षअघि गठित प्रज्ञाका निवर्तमान प्राज्ञहरू, जसमध्ये पार्टी–प्रवेशको टीका टाँसेरसमेत बनेका प्राज्ञहरूले साँच्चिकै राम्रा काम गरेका रहेछन् भने वा टीके–पद्धतिबाट बन्ने प्राज्ञहरूबाहेक अन्यले साहित्यको विकासमा योगदान पुर्याउनै नसक्ने नजिर खडा गरेका रहेछन् भने त ठीकै छ, यो पद्धतिमाथि प्रश्न उठाउनुको औचित्य नै छैन । हैन भने, यिनले नेपाली साहित्यको क्षेत्रमा कुन किसिमका प्रगति गर्नमा भूमिका खेलेका छन्, तिनका चुस्त–दुरुस्त हिसाब तिनले देखाउनु पर्दैन ? अझ भएन, फेरि पनि दोहोर्याएर प्राज्ञ बन्नका लागि तिनीहरू आवश्यकीय पार्टी–प्रवेश गर्नेसमेतको तैयारीमा छन् भन्ने सुनिनमा आएको छ।

ए बाबा, अनैतिकताको पनि कुनै सीमा त हुँदो हो । के आफ्नो नाममा विशेषण झुण्ड्याउनैका लागि भनेर प्राज्ञ–पदको निर्माण गरिएको हो यो देशमा ? कि त प्राज्ञ हुनका लागि केवल कविता वा तमसुक लेखेर मात्रै पुग्छ ? के अन्य योग्यता भाँडमा जाओस् ? कदाचित् तलब खानका लागि प्राज्ञ बनेका हुन् भने एक पटक कल्पना गरौँ त– साहित्य विकासका निमित्त उपयुक्त भनेर बेतलबी प्राज्ञ नियुक्त गरिदिने हो भने कति जना लेखक–कवि सो प्रयोजनका निम्ति प्रज्ञा–प्रतिष्ठानका कुर्सीमा बस्न तयार होलान् ?

निवर्तमान प्राज्ञहरूले ‘परियोजना’को नाममा विभिन्न शीर्षकका थुप्रै किताबहरू कथित सम्पादकहरू खडा गरेर, जाँदाजाँदै प्रत्येकलाई लेखनवृत्तिस्वरूप एउटा निश्चित रकम हस्तान्तरण गर्याे । यहाँ ‘सम्पादकहरू खडा गरे’ भन्नुको तात्पर्य यो हो कि प्रकाशित ती सम्पादित कतिपय पुस्तकहरूमा सम्पादकको ठाउँमा सङ्कलक मात्रै भए पुग्थ्यो। 

केही समयअघि सरकारी निकायबाट प्रज्ञा–प्रतिष्ठानको संरचनामै परिवर्तन गरिनेसम्मको नयाँ प्रस्ताव आएको छ । जसमुताविक, व्यवस्था परिवर्तनपश्चात् तीनवटा नाममा विभाजित प्रज्ञा–प्रतिष्ठानहरूलाई फेरि एउटै प्रतिष्ठान बनाइँदै छ, अझ त्यसमा ‘सांस्कृतिक संस्थान’लाई पनि गाभिँदै छ । हाल आएर चर्चा त केसम्म गरिँदै छ भने सांस्कृतिक संस्थानसमेतका ती चारवटै संस्थालाई मर्ज गरेर बनाइने एउटा सिङ्गो सस्ंथामा ‘प्रज्ञा–सभा’ रहने छैन । जम्मा १५ जनाको एउटा ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’ बन्नेछ, जसमा– साहित्यको, नाट्य–सङ्गीतको र कला–संस्कृतिको भिन्नाभिन्नै तीनवटा उपसमिति बनाएर सम्बन्धित उपसमितिमा एक–एक उपकुलपति बनाइनेछ।

मैले यहीँकतै हँसीमजाकमा भनेको छु– ‘हामी पनि यही देशका नागरिक हौँ । बल्ल–बल्ल कति वर्ष लडेर प्राप्त गरेका तीनवटा प्रतिष्ठानको संरचनालाई कसैले फेरि एउटै बनाउने प्रपञ्च नगरून् ! त्यसै त हामी यति धेरैलाई भाग नपुगिरहेको यस्तो अवस्थामा हामी लेखक–कवि, कलाकारमाथि यति ठूलो अन्याय नगर सरकार ! बरु सक्छौ भने तीन हजारवटा प्रतिष्ठान बनाइदेऊ, त्यति सक्दैनौ भने कमसेकम तीन सयवटा त बनाइदेऊ!’

पछिल्लो पटक देखिएको प्रज्ञा–प्रतिष्ठानको चर्तिकला ः
निवर्तमान प्राज्ञहरूले ‘परियोजना’को नाममा विभिन्न शीर्षकका थुप्रै किताबहरू कथित सम्पादकहरू खडा गरेर, जाँदाजाँदै प्रत्येकलाई लेखनवृत्तिस्वरूप एउटा निश्चित रकम हस्तान्तरण गर्याे । यहाँ ‘सम्पादकहरू खडा गरे’ भन्नुको तात्पर्य यो हो कि प्रकाशित ती सम्पादित कतिपय पुस्तकहरूमा सम्पादकको ठाउँमा सङ्कलक मात्रै भए पुग्थ्यो । 
एक सम्पादक र सम्पादित एक पुस्तकभित्र भएका एक जना लेखकबीचको सानो वार्ताबाट पनि यसको पुष्टि गर्न सकिन्छ– 

सम्पादक : ल भाइ, तिमीलाई यो पुस्तक उपहार !
लेखक : धन्यवाद दाइ !... तर मैले पनि एउटा रचना यसमै छाप्नका लागि भनेर मैले तपाईंलाई दिएको थिएँ ।
सम्पादक : दिएको भए..., मैले टाइप गर्नेलाई दिएको हुनुपर्ने । उसले हालेको होला । हेर त !
लेखक : ए..., ल, ल, र’छ र’छ दाइ ।

माथिको वार्तालापबाट सजिलै थाहा हुन्छ कि पुस्तक–सम्पादनको जिम्मेदारी सम्पादकज्यूले निभाएका हैनन् । यसै सन्दर्भमा सामाजिक सञ्जाल ‘फेसबुक’मा राखिएको एउटा स्टाटस र त्यसमाथि आएका केही प्रतिक्रिया यहाँ विषय–सन्दर्भित हुन सक्छ–

‘सम्पादकको नाममा कलङ्क । हुलाकको ‘बहिदार’पोष्टमा नियुक्ति दिनुपर्छ दुवै सम्पादकलाई, जुन–जुन जिल्लाको चिठ्ठी आउँछ, सर्टिङ गदै छाप हान्ने महोदयहरू ! हैन भने सम्पादक भैसकेपछि सम्पादकको मर्यादा त निभाउनुपर्छ । 
(प्रसङ्ग : नेपाल प्रज्ञाप्रतिष्ठानबाट हालै प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली कविता’ ।)’

प्रतिक्रियाहरू :
– लाज र मर्यादा बेचेकाहरूसँग डराउनुपर्छ । खतरनाक हुन्छन् । –जनक कार्की 
– कुरो प्रज्ञा–कविताको मात्र होइन, प्रज्ञा–प्रतिष्ठानबाट लेखनवृत्ति पाएर लेखिएका पुस्तक अधिकांश र अन्य विधाका सङ्ग्रहको पनि हो । –घनेन्द्र ओझा
– चारपैसेलाई मोडर्न कविता सम्पादन गर्न दिएको फल ।... कोठेहरूको हाइट । –पुष्कर लोहनी
– प्रज्ञा छन्दोबद्ध कविता र बालकविताका सम्पादक पनि हुलाकका बहिदार नै हुन् । समयले मूल्याङ्कन गर्नेछ !... कोही प्राज्ञका छोरी र कोही पार्टीका झोले र टीके सम्पादकको चर्तिकला हो : एउटा जर्जर र बर्वर बितन्डा ! –रामविक्रम थापा
– यस्ता पूर्वाग्रह दूराग्रहयुक्त पुस्तक भनिने त कागजका थाक र खोस्टा मात्र सावित होला नि त ! –यशु श्रेष्ठ
– पुस्तक हेर्न पाको छैन । सजग गराउनुपर्छ । प्रतिष्ठानको काम–कारवाही खस्कँदो झन् खस्कँदो झन्–झन् खस्कँदो हुनु हुन्नथ्यो । –सुको सुको
– प्रज्ञासभाको सदस्य हुँदैमा आफुलाई महान् ठान्नेहरुकै कारण यस्तो भएको होला भन्ने मेरो अनुमान छ । –दिव्य गिरी 
– मालिकहरूमा ‘चम्चा मोह’ रहुञ्जेल ‘चम्चा’को अस्तित्व रहन्छ र ‘चम्चा’को अस्तित्व रहुञ्जेल यस्ता गुनासो गर्ने अनेक अवसर हामीले पाइरहने छौँ ! –चरण प्रधान।

जबसम्म सोच सकारात्मक हुँदैन, त्यसको प्रतिफल पनि पक्कै नकारात्मक नै हुन्छ । सोच नै हो– आधार–स्तम्भ । प्रगतिको सोच राख्नेले प्रगति नै गर्छ । कमसेकम पनि ‘प्रज्ञा’जस्तो विद्वत्–क्षेत्रमा प्रगति–सोचको अभाव रहनु हुँदैन । हामी केवल नभएको कुरा देख्छौँ, हुन सक्ने कुरो देख्दैनौँ । यो आलेख पनि त्यही दृष्टिकोणबाट अछुत छैन । तथापि, यति हुँदाहुँदै पनि मेरो एउटा आग्रह भने यहाँ जोडिएको छ–

महाभारतमा भगवान् श्रीकृष्णले ‘जहाँ–जहाँ अधर्म हुन्छ, त्यहाँ मेरो जन्म हुनेछ’ भनेझैं, पूर्णतयाः राजनीतिले गाँजेर भविष्य हराइसकेको यो देशलाई उज्यालो देखाउन सक्ने हैसियत अब केवल लेखक–कलाकारभित्र मात्रै सुरक्षित छ । 
के– जातबाट, वर्गबाट, पार्टीबाट माथि उठ्न सक्दै सकिन्न र ? ?





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad