७ वैशाख २०८१ शुक्रबार
राजनीति

सार्कमा मतभेद छः परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सगठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताएका छन्।

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आएका पराष्ट्रमन्त्री ज्ञवालीले पत्रकारसँगको अन्तरक्रियामा नेपालले सार्कमा अनुकूल वातावरण बनाउन प्रयास गरिरहेको बताए। 
सन् २०१६ मा हुनुपर्ने शिखर बैठक अहिलेसम्म हुन नसकेकामा नेपाल कतै पनि जिम्मेवार नभएको उनको भनाइ छ।

ज्ञवालीले सार्क जीवित र क्रियाशील रहेको, यसको शिखर बैठक नभए पनि अन्य प्रक्रिया सञ्चालन भइरहेको दाबी गरे। पराष्ट्रमन्त्री ज्ञवालीले नेपालजस्तो मुलुकले अरू क्षमताभन्दा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक क्षमतालाई बढी उपयोग गर्नुपर्ने बताएका थिए।रासस

 

प्रकाशित: १३ आश्विन २०७५ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App