८ वैशाख २०८१ शनिबार
खेल

यु–१९ एसिया कपः  भारतद्वारा नेपालसामु ३ सय ५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपालसामु जितका लागि ३ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय ४ सय रनको स्कोर खडा गरेको छ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १ सय ४ रनको शतकिय पारी खेले। उनले ११३ बलमा ८ चौंका र ५ छक्का प्रहार गरे। उनी नेपाली बलर भिम सार्कीको हातबाट क्याचआउट भए। त्यस्तै सिम्रन सिंहले ८२, आयुस बदोनीले ३३, देवदत्त पादिकलले ३०, मोहीत जनग्राले २०, कप्तान पभन शाहले १३ र अजय गंगापुरामरले १० रनको योगदान दिए। 

नेपालका लागि भिम सार्कीले ४, रसिद खानले २ तथा कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले समान एक–एक विकेट दिए। अबको केहि समयपछि नेपालले ३ सय ५ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गर्नेछ।

नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो। नेपाल र भारत यु–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतले ६ र नेपालले १ खेलमा जित निकालेका छन्। गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो। 

 

प्रकाशित: १३ आश्विन २०७५ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App