६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेशसभाको निर्णयलाई चुनौती दिँदै कांग्रेस सडकमा

काठमाडौ– प्रदेशको नाम र स्थायी राजधानी कायम भएको विषयलाई लिएर प्रदेश ७मा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले धनगडी बजार बन्द गराएका छन्। शुक्रबार प्रदेश संसदको दुईतिहाइको निणर्यबाट उक्त प्रदेशको नाम सुदुरपश्चिम र राजधानी फूलबारीलाई निश्चित गरिएको थियो।

मतदानका समयमा संसदमा अनुपस्थित रहेको कांगे्रसले सार्वभौम संसदको निणर्यलाई चुनौति दिँदै स्थानीय नेता कार्यकर्ता सडकमा उतारेको छ। नेपालको संविधानमा प्रदेश सभाले प्रदेशको नाम र सदरमुकाम दुईतिहाईबाट परिवर्तन गर्न सक्ने स्पस्ट व्यवस्था गरेको छ। 

धनगढीबजारमा चोक चोकमा बसेका काँग्रेसका स्थानीय कार्यकताले दिवा लामो दुरीमा चल्ने  सवारीसाधनका अतिरिक्त स्थानीय सवारीसाधन आवागमनमा अवरोध पुराएका छन्। रात्रिबसहरुलाई भने अवरोध नगरिएको जनाइएको छ। बजार, उद्योग–कारखाना बन्द छन्।

 

प्रकाशित: १३ आश्विन २०७५ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App