coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्मी र चितवन टाइगर्स भिड्दै

काठमाडौं – आदिअवादी महिला भलिबलको उद्घाटन खेलमा आज विभागीय टोली त्रिभुवन आर्मी र चितवन टाइगर्स भिड्दै छन् । नेपाल भलिबल संघ र आदिअवादी फाउन्डेसनको आयोजनामा हुन लागेको प्रतियोगितामा आर्मी र चितवन टाइगर्स भिड्न लागेका हुन्। 

असोज १७ गते सम्म सञ्चालन हुने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा सञ्चालन हुँदै छन् ।  प्रतियोगिताका खेल लिगकम नकाउटका प्रणालीमा संचालन हुनेछन् ।  प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’ मा न्यु डायमण्ड, चितवन टाईगर्स र आर्मी छन् भने समूह ‘बी’ मो एपीएफ, नेपाल पुलिस र पोखरा पिङ्केज छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै दोस्रो  स्थान हाँसिल गर्नेले ३ लाख र तेस्रोले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै टिम तयारीका लागि सहभागी टोलीले १ लाख २५ हजार तयारी खर्च प्राप्त गर्ने छन्। 

 

प्रकाशित: १३ आश्विन २०७५ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App