कसुरदारलाई संरक्षण गर्ने दल अपराधीको मतियार होः माधव आचार्य, अपराधशास्त्री

शनिबार, १३ असोज २०७५, १० : २३ टपेन्द्र कार्की

28


चालिस बर्ष भन्दा बढी समय प्राध्यापन पेशामा संलग्न रहेका माधव आचार्य मुलतः सामाजिक अपराध शास्त्री हुन । समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण र अनुसन्धान गर्ने आचार्यसँग सामाजिक अपराध बढ्नुको कारण बारे गरेको कुराकानीका मुख्य मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ।

समाजिक अपराध बढेको छ, कस्तो कस्तो अवस्थामा सामाजिक अपराध हुन्छ ?

समाजिक अपराधमा वृद्धि भएको सत्य हो। जनतामा चेतनाको स्तर वृद्धि भएका कारण पनि प्रहरीमा यस्ता उजुरी बढ्को छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारलाई हेर्ने हो भने सामाजिक अपराधको बृद्धिदर निकै बढेको छ।
पहिले यौनसँग सम्बन्धीत घट्नाहरु आपसमै मिलाइने गरिन्थ्यो। अहिले सामाजिक चेतनास्तरमा बृद्धि भएका कारण प्रहरीमा उजुरी बढेको छ भने सञ्चारमाध्यममा पनि बढी समाचारहरु आउने गरेका छन्।

प्रहरीको मनोबल उच्च बनाइदिनुको सट्टा नेताहरुको दबाब दिने गरिएको छ । त्यसकारण प्रहरीको संयन्त्र चुस्त दुरुस्त बनाइनु पर्छ । प्रहरीको साधान स्रोत सम्पन्न बनाउनु गर्नुपर्छ । राजनीतिक दबाब आयो भने प्रहरीले त्यसको रेकर्ड राखेर अपराधीलाई संरक्षण गर्ने नेता र दलको बारेमा सार्वजनिक गर्नुपर्छ ।

यस्ता अपराध बढ्नु र प्रहरीमा उजुरी आउनुमा विविध कारणहरु रहेका छन्। जस्तो कि प्रहरीको निगरानी कम हुनले अपराध बढेको र शक्तिका आँडमा कानुन हातमा लिन सकिन्छ भन्ने भयो भने अपराधीले प्रश्रया पाएको देखिन्छ।

त्यस्तै कहिलेकाँही आवेश प्रेरित अपराध पनि हुने गरेको छ। प्रहरी प्रशासन फितलो छ, राजनीतिक नेतृत्व असफल भयो भने तथा कर्मचारी प्रशासन फेल भयो भने त्यस्तो अवस्थामा अपराध बढी हुन्छ। गरिबी, आर्थिक अभाव, यौनिक मनोविज्ञान जस्ता कुराले अपराधले प्रश्रय पाएको छ। अहिले देखिएका बलात्कार हत्या, एसिड हान्ने जस्ता जघन्य अपराध यसैको शृंखला हो।

यौन अपराधमा बढ्नुको कारण के होला ?

सामाजिक अपराधमा यौन अपराध बढी हुने गरेका छन्। हाम्रो समाजमा यौन अपराधले प्रश्रय पाएको पनि देखिन्छ। तर यसलाई नियन्त्रण गर्न प्रशासन संयन्त्र कहिले सफल र कहिले असफल हुँदा प्रहरी प्रशासन विवादमा आउने गरेको छ। यौन हिंसा अहिलेको अवस्थामा इन्टरनेट वा सामाजिक सञ्जालका कारण पनि बढेको पाइन्छ,त्यसलाई मात्र दोष दिन मिल्दैन ।
सामाजिक संरचनाको अस्तव्यस्थतालाई हामीले ध्यान दिनुपर्छ ।

अहिले पनि हामी संक्रमणकालमा छौ जसका कारण यौनिक हिंसाहरु बढेका छन् । क्रान्तिका नाममा अलि छाडा हुन थाल्यौ । धर्मको आस्था पनि टुटे । सामाजिक संरचनाको स्वतः नियन्त्रण हुने अवस्था पनि रहेन ।

मास मिडिया वा इन्टरनेटमार्फत आउने यौन छाडा पनले पनि बलात्कार हुनुमा केही न केही योगदान गरेको छ । किशोर किशोरीको हातमा मोवाइल हुन्छ त्यो मोवाइलको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्ने, उमेर नपुगी भागर हिड्ने जस्ता विषय पहिले थिएनन । प्रविधिको सही प्रयोग हुनुपर्ने ठाउँमा दुरुपयोग हुन थाल्यो ।

यो भन्दा अघि पनि यौनिक हिंसा हुन्थे तर केही घट्ना प्रशासनमा आउथे केही आउदैनथे । धेरैजसो आफन्तहरुबाटै यौनिक हिंसा हुने गरेका छन् त्यसकारण प्रसासनमै नआइकन मिलाइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन प्रायः सबै यौनिक हिंसा सम्बन्धी मुद्धाहरु प्रशासनमा आइपुगेका छन् यो राम्रो पक्ष हो ।

जाने बुझेकै मानिसबाट सामाजिक अपराध बढ्नुको कारण चाहि के होला ?

खासगरी यौन सम्बन्धी अपराधहरु यससँग जोडिन्छन् । यौनहिंसालाई सामाजिक अपराधको डरलाग्दो शृंखलाको रुपमा लिनुपर्छ । विशेष गरी जानेबुझेको मानिसहरु कसरी अपराधबाट बच्न सकिन्छ भन्ने उपाए निकालेर त्यसतर्फ आकर्षित हुन्छन र धेरै जसो आफूलाई कानुनभन्दा माथि राख्ने व्यक्तिहरु यौन हिंसामा संलग्न हुन्छन । म आफू उम्किन्छु वा आफूलाई कसैले पनि पक्राउ गर्न सक्दैनन भन्ने मनस्थिति बोकेको मानिस यस्ता गतिविधिमा बढी सक्रिय हुन्छन । बच्ने अवसर देख्नु भनेको नैतिकता ह्रास हुनु हो । कतिपय मानिसमा चेतनाको अभावले पनि अपराध गर्नसक्छ ।

यसमा के के कारणहरु जोडिएका होलान ?

सिलसिलेबर अपराधको कारण हुन्छन त्यसकै एकै कारण अपराध गर्यो होला भन्ने हुँदैन । लामो द्धन्दबाट आएका हामीले अपराधको विविध पक्षलाई नियाल्नु पर्ने हुन्छ । संक्रमणकालमै छौ त्यसले जे जति उथलपुल ल्यायो, कानुन भंग गर्ने, अलिअलि मनोमानी गर्ने, छाडापन देखाउने जस्ता विकृतिलाई मद्दत गर्यो । साथ साथै मानिसमा एक प्रकारको अहंमता पनि बढ्यो जसका कारण लामो समयसम्म संयमता अपनाउन सकिएन वा धैर्य गर्न नसक्दा र प्रतिशोधको भावाना पनि यससँगै जोडिएर आएका छन् ।
अवसरका कारण पनि अपराध बढ्छन भन्नु भयो कस्तो अवसरले अपराधलाई प्रश्रय दिएको हुन्छ ?
म पक्राउ पर्दिन वा प्रहरीलाई छल्न सक्छु भन्ने साहस जुटाउछ, त्यस्तो अवसर देख्छ त्यस्तो बेला अपराधीले अपराध गर्दछ । जहाँ कानुनबाट बच्न सक्दिन भन्ने लाग्यो भने वा प्रहरीको निगरानी बढ्यो भने त्यस्तो स्थानमा कित अपराधी पुग्दै पुग्दैन पुग्यो भने पनि अपराध नै हुदैन । समाजमा एउटै नैतिक चरित्र भएका व्यक्ति हुदैनन नैतिक चरित्र कमजोर भएका व्यक्तिहरु कानुन उल्लंघन गर्न हत्तारिन्छन ।

शक्तिको आडमा हुने अपराधलाईचाहि हामी के भन्छौ ?

शक्तिको आड भन्नाले राजनीतिक शक्ति हो । यो सबैभन्दा बलियो शक्ति भएकाले यसको आडमा अपराध हुने गरेका छन् । समाजमा बसेका प्रतिष्ठित व्यक्ति वा धनको शक्ति यिनको आडमा पनि अपराध हुने गरेको छ । यसको आडमा हुने अपराधचाहि सधै निमुखा, सुरक्षा विहिन तथा आर्थिक रुपले विपन्न भएकाहरुमाथि शोषण हुने गरेको यसलाई हामी समाजिक अपराध शृंखलाको उच्चतम विन्दु मान्न सक्छौ । यिनलाई नियन्त्रण गर्न राज्यको आवश्यकता परेको हो र कानुनका आधारमा सबै समान छन भन्ने कुरालाई स्थापित गर्न राज्यको आवश्यकता पर्छ । अपराधि मनोविज्ञानकै कारण कहिलेकाही यस्ता शक्तिहरु राज्यभन्दा पनि माथि भएको आभाष दिलाउन खोज्छन ।

महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु, शैक्षिक चेतनास्तर कमजोर हुनु, त्यो अवस्थामा यो हिंसा सहनयोग्य होइन । महिलामाथि पारिवारिक शोषण हुने हुँदा राज्यले सेक्टर हाउसको व्यवस्था गर्नुपर्छ जसका कारण उनीहरु सुरक्षित हुन सकुन । तर राज्यले कानुनी प्रकृया लैजादा कतिपय अवस्थामा प्रतिशोधको भावानाले त्यस्ता महिला झन बढी पीढित हुने अवस्था पनि आएको छ ।

पछिल्लो पटक चर्चामा रहेको बलात्कारपछि हत्या भएको घट्नालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

किशोरी वा महिला बलात्कारकैै घट्नाहरु किन हुन्छन यसमा सबैको चासो बढ्को छ । पहिले भन्दा अहिले बढी जानकारीमा आउन थालेका छन् । मास मिडिया वा इन्टरनेटमार्फत आउने यौन छाडा पनले पनि बलात्कार हुनुमा केही न केही योगदान गरेको छ । किशोर किशोरीको हातमा मोवाइल हुन्छ त्यो मोवाइलको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्ने, उमेर नपुगी भागर हिड्ने जस्ता विषय पहिले थिएनन । प्रविधिको सही प्रयोग हुनुपर्ने ठाउँमा दुरुपयोग हुन थाल्यो । त्यसकारण अपराधले प्रश्रय पाएको पाइन्छ । त्यस्तै किशोर किशोर क्षणिक मनोरन्जनमा रमाउदा र त्यसले भविष्यमा हुने जोखिमको आँकलन गर्न नसक्दा पनि यस्ता घट्नाहरु बढेका छन् । प्रहरीको अनुसन्धानलाई हेर्ने हो भने बलात्कारपछि हुने घट्ना धेरैजसो चिनेजानेका र नजिकका आफन्तहरुकै कारणबाट हुने गरेका छन् ।
 

त्यसो भए प्रविधिकै कारण अपराध बढेका हुन त ?

प्रविधि भनेको अवसर हो । विकासको महत्वपूर्ण पाटो हो । यसका राम्रा र नराम्रा दुवै पक्ष छन धेरै जसो राम्रा पक्ष छन तर कहिलेकाही प्रविधिको प्रयोग सही भएनकि भन्ने हो । जहाँसम्म इनरनेटबाट आउने अश्लिलतालाई रोक्न सकिदैन भने त्यो हेरेपछि मान्छेको भावानामा मनोविज्ञानमा कुप्रभाव पार्छ । खासगरी किशोर अल्लारे व्यक्तिहरु परिपक्व भैसकेका छैन त्यस्ता व्यक्तिहरु अवाञ्छित गतिविधिमा आकर्षित हुनसक्छन । यौनिक हिंसाका अपराध बढ्नुमा प्रविधि एउटा कारण हो ।

घरेलु हिंसाको तथ्यांक हेर्ने हो भने एक वर्षमा १२ हजार भन्दा बढी पीडित भएको पाइन्छ । यसमा यौनहिंसा मात्रै परेको छैन अन्य हिंसालाई पनि घरेलु हिंसाको रुपमा हेरिएको छ त्यसकारण यसमा कसरी प्रविधिलाई दोष दिन मिल्ला र ?

मैले अघि नै भने यौन हिंसामा प्रविधिको धेर थोर प्रभाव रहेको छ । घरेलु हिंसा भन्नाले कुटपीट, अमर्यादित व्यवहार, यौनहिंसा यी सबै पर्दछन यसमा धेरैजसो पीडित महिला नै हुने गरेका छन् । महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु, शैक्षिक चेतनास्तर कमजोर हुनु, त्यो अवस्थामा यो हिंसा सहनयोग्य होइन । महिलामाथि पारिवारिक शोषण हुने हुँदा राज्यले सेक्टर हाउसको व्यवस्था गर्नुपर्छ जसका कारण उनीहरु सुरक्षित हुन सकुन । तर राज्यले कानुनी प्रकृया लैजादा कतिपय अवस्थामा प्रतिशोधको भावानाले त्यस्ता महिला झन बढी पीढित हुने अवस्था पनि आएको छ । महिलाहरु आर्थिक रुपमा सक्षम भएको स्थानमा घरेलु हिंसा कम हुने गरेका छन् । यस्तो हिंसा कम गराउन आर्थिक रुपमा सबल र शैक्षिक चेतनाको स्तरमा बृद्धि गरिनुपर्छ । जहाँ अल्पशिक्षा छ जहाँ आर्थिक परनिर्भता छ त्यहाँ जुनसुकै कारणले पनि हिंसा हुने गरेको छ अहिले कञ्चनपरकै घट्ना हेर्ने हो भने पनि त्यहाँकही न कही आर्थिक परनिर्भता र चेतनाको स्तर कमजोर भएको परिवारमाथि बज्रपात पारिएको छ ।

सेक्टर हाउसमा चाहि के कस्तो व्यवस्था हुन्छ ?

राज्यले तयार पारेको सेक्टर हाउस महिलाका लागि सुरक्षित मानिन्छ । यसमा राज्यले नै महिलालाई आर्थिक रुपमा सबल बनाउछ । शिक्षामा जोड दिइएको हुन्छ ।सचेतनामा राज्यको अग्रसता बढी हुन्छ । तिमी सीप सिक र आर्थिक रुपमा सबल बन भनिएको हुन्छ । विवाहित महिलालाई सम्बन्ध विच्छेदका क्रममा अंशलाई भन्दा उनलाई शिक्षा र सीपलाई जोड दिनुपर्छ । अंशका कारण पनि प्रतिशोधले अपराध बढाएको पनि छ । त्यसकारण यस्ता सेक्टर हाउसको निर्माण आवश्यक छ ।
शुरुमा सहमतिमै शारीरिक सम्पर्क गर्ने र असमझदारी बढेपछि बलात्कार हुने जस्ता विषयमा चाहि यहाँको के धारणा छ ?
यसलाई मैले दुई तीन तरीकाले हेर्ने गरेको छु । पहिले जस्ता असुरक्षित हुने महशुस कसैले पनि गरेका छैनन, डान्सबारमा जान्छन, विदेश जान्छन , सबै क्षेत्रमा सुरक्षित महशुस गर्छन त्यसकारण शुरुमा सहमतिमै शारीरिक सम्पर्क गर्छन पछि असमझदारी बढेपछि बलात्कारको अभियोगमा पैसाको बार्गेनिङ कसैले छुटकारा लिन्छन कसैले प्रहरीको मा उजुरी गरेर फसाइदिन्छन यो क्रम बढिरहेकै छ । मानिसको सोचाई र भविष्यप्रति चिन्तित हुने अवस्थामा परिवर्तन हुनु आवश्यक छ।

सामाजिक अपराधको मूख्य कारण आर्थिक अभाव हो भन्न सकिन्छ ?

त्यतिमात्रै होइन , धेरैवटा मात्र एउटा हो । त्यसबाहेक कमजोर प्रहरी प्रशासन हो, कमजोर न्याय प्रणाली पनि हो । कुसँगतका कारण पनि अपराध हुन्छ । साथसाथमा अश्लिल सामाग्रीहरुको कारणले पनि अपराध बढाउछ ।

समाजिक अपराधबाट समाजमा पर्ने असरचाहि के हो ?

जबसम्म मानिसहरुले न्यायपाए भन्ने अवस्थाको महशुस गर्देनन त्यहाँ कानुनमा विश्वासको अभाव रहन्छ । कानुनमा आस्था नहुनु भनेकै व्यत्तिगत रुपमा बद्लाको भावाना बढ्नु हो । यसबाट हिंसात्मक प्रवत्ति बढ्नु हो । कानुनमा विश्वास हुँदासम्म मानिसले त्यसैमा ध्यान दिन्छ कानुुन मान्छ, नैतिकवान हुन्छ । जब अविश्वास बढ्छ त्यहाँ सामाजिक संरचनानै खल्बलिने गरी अपराध हुन्छ ।

कुन कुन उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुन्छ ?

१६ देखि २५ बर्ष उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुने गरेको छ । त्यसमाथिका मानिसहरुबाट अपराध हुदैन भन्ने होइन । १६ देखि २५ बर्षको उमेर समूह भनेको निकै चञ्चले र अपरिपक्व समय हो यसबेला मानिसका मनमा विभिन्न खाले संवेगहरु उत्पन्न हुने गर्छन ।

कानुनी कारवाहीको दायरा फराकिलो नभएको हो कि ?

प्रहरी प्रशासनले भ्याएसम्म कारवाही गरेको छ । सबै स्थानमा प्रहरीको उपस्थिति हुन सक्दैन प्रहरीलाई जनताले सहयोग गर्नुपर्छ । अपराध नियन्त्रणका लागि प्रहरी पनि कर्तव्यनिष्ठ हुनुपर्छ । प्रहरीले वैज्ञानिक उपकरणको माध्यमबाट अनुसन्धान गर्नुपर्छ । प्रहरीका परेका उजुरीलाई निष्ठापूर्वक अनुसन्धान गरे विवाद आउदैन । प्रहरीले कारवाही नै गरेको छैन भन्नेचाहि होइन । प्रहरीलाई स्वतन्त्रापूर्वक अनुसन्धान गर्न दिनुपर्छ । उनीहरुलाई राजनीतिक प्रभाव र दवाब राख्नु हुदैन । राजनीतिको आडमा हुने अपराधलाई निस्तेज पार्न प्रहरी मात्रै लागेर हुदैन राजनीतिक दलका नेताहरु स्वंय अग्रसर हुनु जरुरी छ ।

त्यसो भए राजनीतिक दलले पनि अपराधीलाई संरक्षण गरेका छन ?

अबश्य हो । राजनीतिक दलहरुले भ्रष्टचारीलाई संरक्षण गर्नु, अपराध गरिसकेको व्यक्तिलाई संरक्षण गर्नु अझ चुनावमा टिकटनै दिएर उम्मेदवार बनाउनु जस्ता गल्ती राजनीतिक दलहरुले गरेका छन् । प्रहरी प्रशासन पछि लागेपछि राजनीतिक दलमा प्रवेश गरेर संरक्षण लिने र दिने गरिएको छ यसबाट राजनीतिलाई दुषित बनाइयो । कसुरदारलाई संरक्षण गर्ने पार्टी अपराधीको मतियार हो ।अपराधीलाई संरक्षण गर्ने नेताहरु अपराधीको मतियार हुन । प्रहरीको मनोबल उच्च बनाइदिनुको सट्टा नेताहरुको दबाब दिने गरिएको छ । त्यसकारण प्रहरीको संयन्त्र चुस्त दुरुस्त बनाइनु पर्छ । प्रहरीको साधान स्रोत सम्पन्न बनाउनु गर्नुपर्छ । राजनीतिक दबाब आयो भने प्रहरीले त्यसको रेकर्ड राखेर अपराधीलाई संरक्षण गर्ने नेता र दलको बारेमा सार्वजनिक गर्नुपर्छ । त्यसपछि यस्ता समाजिक अपराधहरु नियन्त्रण हुदै जान्छन ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

नेपालमा पहिलोपटक आधिकारिक रुपमा आउन लागेको जीप ब्राण्डको गाडी हो जीप कम्पास | ...