८ वैशाख २०८१ शनिबार
राजनीति

सम्पत्ति विवरण बुझाउने समय थप

काठमाडौं- निजामती कर्मचारीको सम्पत्ति विवरण बुझाउने समय विशेष परिस्थितिका लागि एक महिना थप गरिएको छ। भदौ मसान्तसम्म सबै कर्मचारीले विवरण नबुझाएकाले विशेष परिस्थिति थप गरिएको निजामती किताबखानाले जनाएको छ।

निजामती कर्मचारीले ७८ हजार ९८ जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। ८२ हजार ४ सय २१ कर्मचारीमध्ये ४ हजारभन्दा बढीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। निजामती सेवा ऐनअनुसार निजामती कर्मचारीले २०७२/०७३ को सम्पत्ति विवरण भदौ २८ सम्म बुझाउनुपर्ने प्रावधान छ।

किताबखानाले विशेष परिस्थितिमा अर्को एक महिना थप गरिएको बताएको छ। तर, सम्बन्धित कार्यालयका प्रमुखले के कारणले नबुझाएको कारणसहित सम्पत्ति विवरण बुझाउनुपर्नेछ। गत वर्षभन्दा धेरै कर्मचारीले सम्पत्ति विवरण बुझाएको किताबखानाको तथ्यांकले बताउँछ।

समयमा सम्पत्ति विवरण नबुझाएमा ५ हजार जरिवाना बुझाउनुपर्ने प्रावधान छ। गत वर्ष नबुझाएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवानासहित बुझाउन पत्राचार गरेको थियो।

प्रकाशित: ४ आश्विन २०७३ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App