coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

६० कट्दा पनि स्वस्थ शरीर

वीर अस्पतालको नर्सिङ सेवाबाट हालै अवकाश प्राप्त काठमाडौं बागबजारकी नानीमैयाँ भुजुले अरूका स्वास्थ्य मात्र होइन, आफ्नो स्वास्थ्यमा समेत उत्तिकै ध्यान पु-याउँदै आएकी छन्। ६० वर्ष कटिसक्दा पनि उनको जोशजाँगर यथावत् रहनुले यो कुरा पुष्टि गर्छ। ४० वर्ष वीर अस्पताल र तीन वर्ष नेपाल मेडिकल कलेजमा न्युरो सर्जरी नर्सका रूपमा सेवा गरेकी उनले आफ्नो स्वास्थ्यलाई कसरी सन्तुलनमा राख्न सकिन् ? प्रस्तुत छ– उनीसँग गरेको कुराकानीः  

कति वर्षकी हुनु भयो? 
६३ वर्ष पुगिसकें। 

निकै खुसी देखिनुहुन्छ ? के रहस्य छ? 
दुःखी हुनु पर्ने कुनै कारण छैन । दुःख–सुख भनेका जीवनमा आइरहने कुरा हुन्। 

स्वस्थ देखिनुहुन्छ, कुनै रोग लागेको छ कि छैन?
अहिलेसम्म कुनै पनि रोग लागेको छैन। 

दिनहरू कसरी बिताउनुहुन्छ?
बिहान ५ बजे उठेदेखि रातिसम्म काममै बित्छ।

स्वस्थ रहन के गर्नुहुन्छ? 
खास केही गर्दिनँ, दैनिक कार्यालय र घरको काम आफै गर्छु, खानामा सबै कुरा मिलाएर खान्छु । कामले आफै व्यायाम भएको छ । खानाले शरीरलाई मजबुत बनाउन सहयोग मिलेको छ । खाली समय पारेर बिहान–बेलुकी हिंड्छु । अब फुर्सद मिलेको छ, योग कक्षा जाने तयारी गर्दैछु।

खास त्यस्तो के–के खानु हुन्छ? 
दैनिक सबै खानेकुरा मात्रा मिलाएर खान्छु । दालभात, तरकारी, अन्डा, माछा, मासु, मेथीको अचार, दूधदही, साग अनिवार्य खान्छु । तर सबै खानेकुरा मलाई आवश्यक पर्ने मात्र खान्छु।

कति खानुहुन्छ? 
मेरो शरीरलाई आवश्यक मात्रा मिलाएर खान्छु । यतिउति भन्ने छैन। 

छुट्टीको बेलामा के गर्नु हुन्छ? 
यताउति भेटघाट र घुमघाममा निस्कन्छु। 

स्वस्थ रहन के सुझाव दिनुहुन्छ? 
सन्तुलित खाना खानुपर्छ नै । कतिपय मानिस जीवनमा आउने काम, दुःख–सुखबाट आत्तिन्छन्, दुःखी बन्छन् । यसो गर्नु हुँदैन । बरु ती सबैलाई खुसीपूर्वक ग्रहण गरेर व्यवस्थापन गर्नुपर्छ र तनावमुक्त रहनु पर्छ । तनावमुक्त भएमा सजिलै रोग लाग्दैन।

प्रकाशित: १३ आश्विन २०७५ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App