coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी कार्यालय अगाडिको मोबाइल पसलमा लाखौंको चोरी

लहान – ईलाका प्रहरी कर्यालय लहान अगाडिको हाम्रो मोबाइल पसलमा शुक्रबार राती चोरी भएको छ। पसलको सटर फोडेर करिब १८ लाखको मोबाइल चोरी भएको पसल सञ्चालक धनन्जय गुप्ताले जानकारी दिए।

पसल ईलाका प्रहरी कर्यालयको अगाडि उत्तरमा छ। चोरको  समूहले सटर फोडेर चोरी गर्दा नजिकै रहेको प्रहरीले सुइँकोसम्म नपाउनुले जिल्लाको सुरक्षा व्यवस्था निकै कम्जोर रहेको भन्दै स्थानीय आक्रोसित बनेका छन्।  ईलाका  प्रहरी कार्यालयबाट दश मिटर दूरीमै रहेको पसलमा चोरी हुनु लज्जाको विषय भएको बताउँदै स्थानीय अशोक सोर्णकारले यो घटनाले नगरवासिमा आफुहरु असुरक्षित रहेको प्रत्याभूत भएको बताए। 

ईलाका प्रहरी कर्यालय लहानका डीएसपी राजेस थापाले चोरी गर्ने समूहको खोजी भइरहेको जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०७५ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App