८ वैशाख २०८१ शनिबार
खेल

विना रेलिगेशनको लिग आजबाट

काठमाडौं – राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग चार वर्षपछि आजबाट राजधानीमा सुरु हुँदै छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै पहिलो र प्रमुख एजेन्डाको रुपमा उठाउन गरेको ए’ डिभिजन लिग आजबाट सञ्चालन हुन लागेको हो। 

एन्फाको लिग कमिटिले शुक्रबार पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जनाएको हो । सातदोवाटोमा भएको पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिग खेल्ने सबै क्लबमा प्रशिक्षकहरुलाई बोलाएर सहभागिता र तयारीका बारेमा जानकारी दिइएको थियो।

सहभागि सबै क्लबका प्रशिक्षहरुले लामो समय पछि हुने लागेको लिगको सहभागितालाई लिएर उत्साहित भएको बताए। कार्यक्रममा केही टोलीका प्रशिक्षकले उपाधिका लागि तयारीमा जुटेको बताए भने केही प्रशिक्षकले अर्को वर्ष हुने लिगका लागि यो लिग तयारी रहेको बताए। 

न्यूरोड टिम (एनआरटी)का महेश्वर मुल्मीले ‘ए’ सर्वाधिक पर्खाइमा रहेको लिगमा सहभागिता हुने पाएको आपूm उत्साहित रहेको बताए। 

‘लिग तयारीका लागि हामीलाई मैदान प्रायप्त नभए पनि हामीले प्रतियोगिताको लागि केन्द्रित रहेर तयारी गरेका छौं,’ मुल्मीले भने, ‘हामीले यो लिगबाट अनुभव बटुल्दै राम्रो नतिजाका लागि खेल्ने हो। लिग तालिकामा पाचौं या छैटौं स्थानमा रहने लक्ष्य हाम्रो रहेको छ । हाम्रो टोलीमा नयाँ खेलाडी र केही अनुभव लिएका खेलाडी छन्, सबैका तालमेल मिलाउँदै राम्रो गर्ने उद्देश्यमा रहेका छौं।’

यस्तै, विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग उचाल्लने आफुहरु दाबेदार टोली भएको बताए। 

‘लिगका लागि हामी केही समय अगाडिबाट तयारी गरिरहेका थियौं, टोलीमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेको छ,’ थापाले भने, ‘विपक्षीलाई चिन्दै उनीहरुको रणनीतिलाई  परास्त गर्दै लिगको उपाधि जित्ने लक्ष्यमा हामीले बुनेका छौं।’

त्यस्तै ब्रिगेड ब्वाईज क्लब (बीबीसी) का प्रशिक्षक उज्जवल श्रेष्ठले शनिबारबाट हुने लागेको लिगमा आफ्नो क्लब नयाँ खेलाडीको भरमा मैदान उत्रिन लागेको बताए। 

‘यो लिगमा हामीले नयाँ खेलाडीलाई अनुबन्ध गरेका छौं, जुनियर र सिनियर खेलाडीको समायोजन रहेको छ,’ बीबीसीका प्रशिक्ष श्रेष्ठले भने, ‘हामीले विगतको भन्दा राम्रो गर्दैै लिगको अन्त्य गर्ने लक्ष्य लिएका छौं, हाम्रो लक्ष्य भनेको यो लिगमा शीर्ष आठ भित्र अटाउँदै लिगको अन्त्य गर्नु रहको छ।’

लिगका लागि भनेर बीबीसीले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ। 

यस्तै, शुक्रबार मात्र नेपाल इन्भेस्टमेन्टसँग प्रायोजन सम्झौता गरेको फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण अभ्यास राम्रो गर्न नसकेको स्वीकार गरे।

‘सोचे जस्तो तयार गर्न नपाए पनि हामीले राम्रो खेल्दै तालिकाको ६  देखी ८ औं स्थानमा रहँदै लिग टुङ्ग्याउने लक्ष्य राखेका छौं,’ प्रशिक्षक महर्जनले भने, ‘हाम्रो टोलीमा रक्षापंक्ति बलियो छ । हामीलाई केही स्ट्राइकरको कमी रहेको छ । तै पनि हामीले राम्रो गर्न सक्छौं भन्ने विश्वास लिएको छु।’

प्रेन्ड्स क्लबले लिगका लागि भन्दै ४ विदेशी खेलाडीलाई टिममा समावेश गरेको छ । एक दक्षिण एसियाली राष्ट्रबाट समावेश गराउनु प्राव्धान अनुसार फ्रेन्ड्सले एक बंगलदेशका खेलाडीलाई अनुबन्ध गरेको हो। 

जावलाखेल युथ क्लबका राजकुमार घिसिङले छैठौं देखि नबौंं स्थानमा रहँदै लिगको अन्त्य गर्ने उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले लिगका लागि तयारी भएपनि खेलाडीको अभाव भने रहेको बताए । स्ट्राइकरको अभाव जावलाखेललाई हुने बताएका घिसिङले उमेर समूहका खेलाडीबाट राम्रो खेल्ने अपेक्षा गरेको सुनाए।

यस्तै जावलाखेल युथ क्लबका सहायक प्रशिक्षक नरेश थापाले डेढ महिना देखी १९ खेलाडी अनुबन्ध गर्दै लिगको तयारीमा जुटको बताए। 

‘हाम्रो टोलीमा स्ट्राइकर कमी रहे पनि मध्यक्रमका खेलाडी राम्रो रहेका छन्, लिगमा राम्रो गर्ने अपेक्षा लिइएको छु,’ जावालाखेलका प्रशिक्षक थापाले भने, ‘हामीले राम्रो तयारी गरेका छौं, नयाँ र उमेर समूहका खेलाडीलाई समावेश गर्दै टोलीको संयोजन गरेका छौं र लिगका लागि उत्साहित पनि छौं।’

यस्तै च्यासल युथ क्लबका प्रशिक्षक राजु शाक्यले लिगका लागि उत्साहित हुँदै टोलीले राम्रो तयारी गरेको बताए। 

‘लिगमा सके सम्म राम्रो प्रदर्शन गर्दै विजेता बन्ने लक्ष्य हामीले लिएका छौं,’ च्यासल युथका प्रशिक्षक शाक्यले भने, ‘लामो समय पछि हुने लागेको लिगमा कुन टोली कस्तो छ, हामी अनविज्ञ नै छौं । साथै लिगमा विदेशी खेलाडी राख्नु पाउने प्राब्धानलाई  हामीले पनि सदुपयोग गर्ने सोचमा छौं, त्यसैले विदेशी खेलाडी ल्याउने प्रयास भइरहेको छ।’

यस्तै, आर्मीका प्रशिक्षक नविन न्यौपानले यसपटकको लिगमा आर्मीको टोलीले इतिहास रच्ने बताए । न्यौपानेले एनआरटीसँग हुने उद्घाटन खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यमा रहेको बताए। 

‘लिगलाई लक्षित गरेर हामीले गत संस्करणका मोफसलका प्रतियोगितामा सहभागिता जनाएका थियौं । असार पछि हामीले लिगलाई नै भनेर तयारीमा जुटेका हौं, हाम्रो लक्ष्य लिगको उपाधि जित्नु नै हो,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘आर्मी लिग जित्दै इतिहास रच्ने दाउमा छ । आर्मीमा राम्रा र अनुभविक खेलाडी छन्, त्यसैले हामीले लिग जित्ने मिसन नै बनाएका छौं।’

यस्तै थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले राष्ट्रको फुटबल निराश बनिरहेको बेलामा, लिगमा सहभागिता हुन पाएको उत्साहित रहेको बताए। 

‘हामीले एन्फासँग भएको तिक्ताका बापजुत पनि लिगलाई केन्द्रित गरेर तयारी गरिरहेका थियौं, १० महिना अघि बाट विशेष गरी लिगलाई नै केन्दत्री गरेर तयारी थालेका हौं, हाम्रो तयारी राम्रो रहेको छ,’ थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘हामी उपाधिका दावेदार हौं, यद्यपि उपाधि जित्न सकिन्छ या सकिन्न भन्ने पहिलो चरणका खेल सकिएपछि मात्र थाहा हुन्छ । कुन क्लबले कस्तो प्रदर्शन गर्न सक्छन् हामी सबै अनविज्ञ नै छौं । तर हाम्रो उद्देश्य उपाधि जित्नै हो।’

विदेशी प्रशिक्षक भित्र्याएको मनाङ मस्र्याङ्दी क्लबको पनि शनिबारबाट सञ्चालन हुने लागेको लिगको उपाधि जित्ने लक्ष्य रहेको छ । कार्यक्रममा प्रशिक्षक तोपे फुजाले साविकको बिजेता भए पनि टोलीलाई कुनै दबाब नभएको बताए। 

‘दुई हप्ता देखी लिगका लागि भनेर अभ्यास गरेका छौं, अहिले सम्म टिममा राम्रो संयोजन छैन्, त्यसका लागि गृहकार्य गर्न बाँकी छ,’ प्रशिक्षक फुजाले भने, ‘हामी लक्ष्य नै उपाधि जित्ने रहेको छ, टिममा राम्रा खेलाडी छन तर खेलाडीमा फिटनेश छैन् । खेलाडीको फिट्नेको लागि कसरत गरिहेका छौं।’

एन्फाले नयाँ प्रयोगका रुपमा ल्याएको विना रेलिगेनको लिगले कस्तो नतिजा दिन्छ त्यो हेर्न बाकी छ । तर एन्फा नेतृत्व यो लिग सफल पार्दै आफुविरुद्ध भएको चर्को आलोचना चिर्ने लक्ष्यमा हुनेछ।

‘लिग तयारीका लागि हामीलाई मैदान प्रायप्त नभए पनि हामीले प्रतियोगिताको लागि केन्द्रित रहेर तयारी गरेका छौं,’ मुल्मीले भने, ‘हामीले यो लिगबाट अनुभव बटुल्दै राम्रो नतिजाका लागि खेल्ने हो । लिग तालिकामा पाचौं या छैटौं स्थानमा रहने लक्ष्य हाम्रो रहेको छ । हाम्रो टोलीमा नयाँ खेलाडी र केही अनुभव लिएका खेलाडी छन्, सबैका तालमेल मिलाउँदै राम्रो गर्ने उद्देश्यमा रहेका छौं।’

‘लिगलाई लक्षित गरेर हामीले गत संस्करणका मोफसलका प्रतियोगितामा सहभागिता जनाएका थियौं। असार पछि हामीले लिगलाई नै भनेर तयारीमा जुटेका हौं, हाम्रो लक्ष्य लिगको उपाधि जित्नु नै हो,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘आर्मी लिग जित्दै इतिहास रच्ने दाउमा छ । आर्मीमा राम्रा र अनुभविक खेलाडी छन्, त्यसैले हामीले लिग जित्ने मिसन नै बनाएका छौं।’

प्रकाशित: १३ आश्विन २०७५ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App