७ वैशाख २०८१ शुक्रबार
खेल

एसिया कप फाइनल : बंगलादेशले भारतलार्इ दियाे २ सय २३ रनकाे लक्ष्य

काठमाडाैं - भारतले एसिया कपको उपाधी उचाल्न २ सय २३ रनको लक्ष्य पाएको छ। युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशलाई ४८ दशमलव ३ ओभरमा २ सय २२ रनको स्कोरमा रोकेपछि भारतले उपाधी हात पार्न २ सय २३ रनको लक्ष्य पाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान नचल्दा ठुलो स्कोर बनाउनबाट चुक्न पुग्यो। पहिलो विकेटमा लागि मेहदी हसन मिराज र लिटन दासले उत्कृष्ट प्रदर्शन गर्दै १ सय २० रनको साझेदारी गरेपछि बंगलादेश एक समय ठुलो स्कोर तर्फ उन्मुख भएको थियो तर २० दशमलव ५ ओभरमा हसन आउट भएपछि बंगलादेशको विकेट लगातार जसो खस्न सुरु भयो। १ सय २० रनको स्कोर सम्म विकेट नगुमाएको बंगलादेश त्यसपछि १ सय ५१ रनको स्कोरमै ५ विकेट गुमाउन पुग्दा भारत सामु ठुलो स्कोर खडा गर्न असफल रह्यो। मध्यक्रममा ब्याटिङ गर्न आएका इमरुल कायस, मुस्फिकर रहिम, मोहम्मद मिथुन, महमदुल्लाहले दोहोरो अंक समेत छुन सकेनन्। 

बंगलादेशका लागि लिटन दासले सर्वाधिक १ सय २१ रन बनाए। दासले १ सय १७ बलको सामना गर्दै १२ चौका र २ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन्। यस्तै सौम्य सरकारले ३३ तथा मिराजले ३२ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक समेत छुन सकेनन्।

 

प्रकाशित: १२ आश्विन २०७५ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App