८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली प्रतिष्ठान कर्मचारी भर्ति केन्द्र बन्दै गएकाे अाराेप

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको  कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको छ। पिछडिएका क्षेत्रका जिल्लाको नागरिकको स्वास्थ्य अवस्थालाई  मध्येनजर गर्दै सेवा विस्तार गर्नु पर्नेमा प्रतिष्ठान भर्ति केन्द्रका रुपमा स्थापित हुन थालेकाे समाजले अाराेप लगाएकाे छ। समाजका अध्यक्ष रामाकान्त उपाध्यायले प्रेश विज्ञाप्ती जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरु केन्द्रिय कार्यालय जुम्लामा नबसि ललितपुर स्थित सम्पर्क कार्यालयमा बस्ने गरेकाे अाराेप लगाएका छन्। प्रतिष्ठानलार्इ नियम विपरित कर्मचारी भर्ति केन्द्रको रुपमा प्रयोग गर्ने गलत कार्य भैरहेकाे उनले अाराेप लगाएका छन्।

विज्ञप्तीमा भनिएको छ,‘पदाधीकारीहरुको यो क्रियाकलापले पिछडिएको नागरिकले स्वास्थ्य सेवा उपयोग गर्न पाउने अधिकार कुण्ठित भएको छ। पदाधीकारीकै लापरवाहीका कारण प्रतिष्ठानको दैनिक कार्य सञ्चालन तथा गुणस्तरिय स्वास्थ्य सेवामा वाधा उत्पन्न भईरहेको छ। आफ्नो जिम्मेवारी तथा काम कर्तव्य अधिकारलाई वेवास्ता गरि व्यक्तिगत स्वार्थमा लाग्ने पदाधिकारीहरुको गलत हर्कत प्रति आपत्ती प्रकट गर्दछौँ।' पदाधिकारीहरु तीन दिन भित्र प्रतिष्ठानको केन्द्रिय कार्यालयमा नआएको खण्डमा कर्मचारी कल्याणकारी समाज जुम्लाले कडा भन्दा कडा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने जनाएकाे छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पिछडिएको क्षेत्रको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा अनुसन्धानात्मक कार्य गर्नका लागि व्यवस्थापिका संसदको ऐन २०६८ अनुसार स्थापना भएको स्वायत्त संस्था हो। 

 

प्रकाशित: १२ आश्विन २०७५ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App