coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा दसैंलक्षित स्टक क्लियरेन्स मेला

काठमाडौ– दसैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला चलिरहेको छ।बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको मेला सञ्चालक इभेण्ट सोलुसनले जनाएको छ।

मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवर्दन गरेको छ । 

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको छ । १० गतेदेखि सुरु भएको मेलामा उपभोक्ता आउनेक्रम बढिरहेको आयोजकले जनाएको छ।

१५गतेसम्म चल्ने मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा खरिद गर्न पाइने आयोजक  इभेण्ट सोलुसनसका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए। 

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन्। मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान उपलब्ध गराइएको दाबी प्रधानको छ।

प्रदर्शनीमा नेपाल, भारत तथा बंगलादेशलगायत मुलुकका व्यवसायीहरु पनि सहभागी छन्।

प्रकाशित: १२ आश्विन २०७५ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App