प्रदेश ७ : ‘नाम सुदूरपश्चिम राजधानी गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाईले पारित

शुक्रबार, १२ असोज २०७५, १६ : ३९ नागरिक

धनगढी– प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव प्रदेशसभाको दुईतिहाईले पारित गरेको छ। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद बसेको प्रदेश सभा बैठकको दुई तिहाई बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी रहने निर्णय गरेको हो।

प्रदेशको नाम र राजधानी निर्धारण गर्न नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा प्रदेशसभाले गठन गरेको विशेष सुझाव समितिले ‘नाम सुदूरपश्चिम र राजधानी गोदावरी’ राख्ने सुझाव दिएको थियो। 

सोही सुझावअनुसार नाम र राजधानी तोक्न खोज्दा सहमति नभएपछि प्रदेश सभामा आज मतदानका लागि बैठक बोलाइएको थियो। ११ बजे बसेको पहिलो बैठक कांग्रेस र राजपाको अवरोधपछि १ बजेसम्मका लागि स्थगित भयो। १ बजे बसेको बैठक कांग्रेस र राजपाले बहिष्कार गरेपनि स्थगित भएन। 

कांग्रेस र राजपाविनैको प्रदेशसभा बैठकले मतदानमार्फत दुई तिहाईले राजधानी गोदावरी नगरपालिकाको ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने निर्णय गरेको हो। 

‘नाम सुदूरपश्चिम राजधानी गोदावरी’ राख्ने प्रस्तावको पक्षमा ३८ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ। ५३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ३९ जना, नेकाका १२ र राजपाका २ जना सांसद छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad