८ वैशाख २०८१ शनिबार
समाज

भीरबाट खसेर बालिकाको मृत्यु

बाजुरा– बडिमालिका नगरपालिका–४ मा भीरबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ४ की १५ वर्षीया पूजा चदारा छिन्।

भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर पूजाको घटनास्थलमै मृत्यु भएको स्थानीय नरेन्द्र नाथले जानकारी दिए।   

नेपाल राष्ट्रिय मावि जडाङ्गनानमा अध्ययनरत पूजा विद्यालय नगएर भैसीका लागि घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर भीरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App