coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदूषण बढेको भन्दै स्थानीयले बन्द गरे कलंकी–नागढुंगा सडक (भिडियो)

काठमाडौं– समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन्। उनीहरुले समयमै निर्माण सक्न माग गरेका छन्। उनीहरुले ‘धुलो हामी खाँदैनौं, कति वर्ष लाग्छ सरकार यो बाटो बन्न? धुलोमा बस्ने हाम्रो बाध्यता हो?’ भन्दै नाराबाजी गरेका थिए। स्थानीयको प्रदर्शनले यातायात प्रभावित समेत भएको छ।

करिब १० किलोमिटर दुरी रहेको कलंकी–नागढुंगा सडक राजधानी छिर्ने प्रमुख सडक हो। दुई वर्ष अघिदेखि विस्तार भइरहेको सडकको काम अझै सकिएको छैन्। सडक विस्तारका क्रममा उत्पन्न धुलोधुवाबाट स्थानीयले सास्ती खेप्नु परेको छ। श्वासप्रश्वासको समस्या देखिएको छ। यस्तो बेला स्थानीयवासी प्रदूषण नियन्त्रणको माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

यसअघि यहाँका स्थानीयले प्रदूषण नियन्त्रण र समयमै काम सम्पन्न गर्न माग गर्दै गत चैतमा नागढुंगामा चक्काजाम गरेका थिए। 

भिडियो:

 

प्रकाशित: १२ आश्विन २०७५ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App