coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आशाको पाँच शाखा विस्तार

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले एकै दिन पाँचवटा शाखा खोलेको छ । थप गरिएका शाखा कार्यालय सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका र रौतहटको मौलापुर नगरपालिकामा छन्। 

अब संस्थाको शाखा संख्या ४१ पुगेको छ । संस्थाका शाखा सातैवटा प्रदेशमा छन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशाको केन्द्रीय कार्यालय ककनी–६ नुवाकोटमा छ ।  संस्थाले ३४ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा छ। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App