coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१ सय १५ वर्षीया गुरुङको निधन

लेखनाथ – पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए। स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ।  (रासस)

 

प्रकाशित: १२ आश्विन २०७५ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App