coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अप्रिलिआ बाइकमा १८ हजारसम्म छुट

काठमाडौं– युरोपको चर्चित रेसिङ बाइक अप्रिलिआले दसैं तिहारलाई लक्षित डिस्काउन्ट अफर ल्याएको छ । ‘दशै तिहार अनबिलिभेबल डिस्काउन्ट अफर’मा कम्पनीको एसटिएक्स बाइक किन्दा १४ हजार र इटिएक्स बाइक खरिदमा १८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सो छुट योजनामा कम्पनीका प्रत्येक बाइकको खरिदमा ३ हजार पर्ने हेल्मेट समेत उपहार रहेको कम्पनीले बताएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले मोटरसाइकल खरिदका लागि फाइनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने जनाएको छ । अप्रिलिआ एसटिएक्सको बजार मूल्य २ लाख ७९ हजार तथा अप्रिलिआ इटिएक्सको मूल्य ३ लाख ५० हजार रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३ आश्विन २०७३ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App