coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजधानीे र नामको टुंगो लगाउन आज मतदान हुँदै

फाइल फाेटाे

धनगढी – प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो लगाउन आज  मतदान हुने भएको छ। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुंगो लगाइने प्रदेशसभा सचिवालयले जनाएको छ।

संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले राजाधानीको नाम सुदूर पश्चिम र राजधानी गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न सिफारिस गरेको छ।

सचिवालयका अनुसार उक्त प्रतिवेदनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र साष्ट्रिय जनतापार्टी (राजपा)ले असहमति जनाएपछि नाम र प्रदेश राजधानीको टुंगो लगाउन मतदान हुन लागेको हो। नेकपाले आफ्ना सांसद्हरुलाई आधा घण्टा अगाडि नै संसद् भवनमा पुग्नुका साथै प्रदेश नाम र प्रदेश राजधानीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। उता कांग्रेसले भने संसद् अवरोध गर्ने तयारी गरेको छ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद छन्।

प्रकाशित: १२ आश्विन २०७५ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App