५ वैशाख २०८१ बुधबार
अर्थ

ब्रोकर कमिसन घटाउन माग

काठमाडौं – नेपाल इन्भेस्टर्स फोरमले ब्रोकर कमिसन घटाउने लगायत ३० बुँदे माग राखेर धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएको छ। इन्भेटर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई मागपत्र बुझाएको हो।

फोरमले बुझाएको मागपत्रमा बैंकलाई ब्रोकर लाइसेन्स, मार्केट मेकरको स्थापना, म्युचुअल फन्डहरुको आरक्षण सेयरमा लकिङ पिरियड, कमजोर रेटिङका कम्पनीलाई आइपिओ निष्कासनमा प्रतिबन्ध, एफपिओमा वैज्ञानिक मूल्य निर्धारण तथा पुँजी बजारका आधारभूत विषय तथा यस क्षेत्रमा सूचना सम्प्रेषणमा स्वच्छता कायम गर्न सञ्चार माध्यमलाई पुँजीबजार सम्बन्धी निर्देशिका जारी गर्नुपर्ने माग राखेको छ।

त्यसैगरी, नयाँ स्टक एक्सचेन्ज सम्बन्धी काम यथाशीघ्र सम्पादन गर्ने, सबै कम्पनीलाई नियमनकारी निकायको स्थापना, मार्जिन ल्यान्डिङको सुरुवात, राफसाफ समय घटाउने, सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन कानुन निर्माण, क्लोज आउटको निराकरण, मर्जर तथा प्राप्तिमा तीन महिनाभित्र कारोबार हुने व्यवस्था, सात दिनभित्र बोनस तथा लाभांश वितरण गर्ने व्यवस्था मिलाउने तथा पुँजी बजारलाई प्रभाव पार्ने क्रियाकलाप गर्ने र भ्रामक सूचना फैलाउने व्यक्तिलाई दण्ड तथा सजाय समेतको माग फोरमले राखेको छ।

प्रकाशित: १२ आश्विन २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App