coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश ३ का १० स्थानलाई पर्यटकीय क्षेत्र बनाईने

मकवानपुर - तीन नम्बर प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले ३९ औं विश्व पर्यटन दिवसको अवसरमा विहीवार मकवानपुरको भीमफेदी गाउँपालिकाको झिरघारीमा मैत्री बगैंचा निर्माण शुभारम्भ गर्दै यस्तो बताएका हुन्।

‘घुम्न जाऔं दामन’ भन्ने नाराका साथ मकवानपुरको उत्तरी क्षेत्र र चन्द्रगिरीलाई समेत समेटेर पर्यटन गुरुयोजना बनाउने उनले बताए। ‘सोही योजना अन्तर्गत भीमफेदीको झिरघारीमा मैत्री बगैंचा निर्माणको शुभारम्भ गरिएको हो,’ उनले भने, ‘पर्यटकलाई आकर्षित गर्ने गरि पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षण गर्न स्थानीय सरोकारवाला सचेत र जिम्मेवार हुनुपर्दछ।

प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास, निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सधै प्रदेश सरकारले सबै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले निर्माण प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सबै क्षेत्रबाट हेटौंडाको शहिद स्मारक जस्तो बनाई दिनु पर्यो भनेर माग आउने गरेको भन्दै उनले भने, ‘पर्यटकीय क्षेत्रको विकासमा स्थानीयको लगनशीलता पनि हुनैपर्छ।

मुख्यमन्त्री पौडेल सहित प्रदेशका पाँच जना मन्त्रीले वृक्षारोपण गरेर बगैंचा निर्माणको शुभारम्भ गरेका हुन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले समृद्धीका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै प्रदेशका १० पर्यटकीय स्थानमा हिल स्टेशन बनाउँने बताए। देश विकासका लागि हरेक नागरिकले ईमान्दार पूर्वक काम गर्नुपर्ने बेला आएको बताउँदै उनले भने, ‘पर्यटनको प्रचार सम्भावना रहेको नेपालमा अतिथी देवोः भवः नेपाली मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।

प्रकाशित: ११ आश्विन २०७५ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App