coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिकालार्इ करणी गरेकाे अाराेपमा ६५ वर्षे बृद्ध पक्राउ

काठमाडौ– प्रहरीले बालिकालार्इ करणी गरेको आरोपमा एकजना ६५ वर्षिय बृद्धलाई पक्राउ गरेको छ। महाराजगञ्ज प्रहरीले बुढानिलकण्ठमा ९ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको अरोपमा ६५ वर्षीय रामभक्त श्रेष्ठलाई पक्राउ गरेको हो।

महाराजगञ्ज प्रहरी प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार बुढानिलकण्ठमा रहेको एउटा खाजाघरमा काम गर्ने श्रेष्ठले नजिकै डेरा गरी बस्ने बालिकालाई करणी गरेको जाहेरी परेको बताए। उनका अनुसार बालबालिकाका अभिभावक अस्पताल गएको मौकमा श्रेष्ठले बालिकालाई करणी गरेका थिए। डिएसपी पुरीले बालिकालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको जानकारी दिए।

प्रहरीका अनुसार नुवाकोटका श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भै रहेको छ।

 

प्रकाशित: ३ आश्विन २०७३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App