८ वैशाख २०८१ शनिबार
समाज

शहरी खानेपानीका लागि एडिबीले १५ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले नेपालको समुदायको व्यवस्थापनमा आधारित पानी आपूर्ति तथा सरसफाई कार्यक्रमका लागि १५ अर्ब १० करोड रुपैयाँको ऋण स्वीकत गरेको छ।

 शहरी क्षेत्रका २० वटा नगरपालिका लक्षित गर्दै बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन स्वीकृति जनाएको हो। विगत १८ वर्षमा एडिबीले शहरमा समुदाय व्यवस्थापनमा रहेका ७० वटा खानेपानी आपूर्ति तथा सरसफाइ आयोजनामा सहयोग गरिसकेको छ।

एडिबी की वरिष्ठ सहरी विकास विज्ञ अलेक्जेन्ड्रा भोगलले विगतका आयोजनाको सफलताका आधारमा नयाँ योजनाहरु वातावरण संरक्षण र खानेपानीमा पहुँच र त्यसको पूर्वाधारमा लगानी गरी दिर्घकालीन सेवा उपलब्ध गराउनमा केन्द्रित हुने बताएकी छन्। 

उक्त ऋणबाट सञ्चालन हुने नयाँ परियोजनाअन्तर्गत देशका २० वटा शहरी क्षेत्रमा १हजार ६०० मिटर पाइपलाइन बिछ्याउने, १५ वटा जल प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्नाका साथै ८ हजार सार्वजनिक शौचालय निर्माण गरिनेछ। त्यसैगरी दुई वटा ढल निकास र ३० किमी लामो ढल निकासको नाला पनि निर्माण गर्ने जनाइएको छ।

 

प्रकाशित: ११ आश्विन २०७५ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App