१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बर्षे अधिवेशन : कुन सांसद कति अनुपस्थित ?

फाइल तस्बिर

काठमाडौ– प्रतिनिधि सभाको चालू बर्षे अधिवेशनमा सबैभन्दा धेरै अनुपस्थित हुनेमा सांसद सूर्यनारायण यादव छन् पदमनारायण चौधरी ३३ दिन अनुपस्थित रही दोसोमा नंबरमा छन्।  बैठकमा कम उपस्थिति जनाउनेमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तेस्रोमा परेका छन्।

यो अधिवेशनका जम्मा ८९ बैठकमध्यै देउवा २ पटक गरी ३२ वटा बैठकमा अनुपस्थित रहेका हुन्। प्रतिनिधिसभाको नियमावली २०७५को नियम २१० उपनियम ४मा १० दिन भन्दा बढि अनुपस्थित हुने सांसदहरुको विदा प्रतिनिधि सभाले नै अनुमोदन गर्नुपर्ने व्यवस्था छ। यही प्रवाधान अनुरुप सभामुख कृष्णबहादुर महराले अनुपस्थितिको सूचि अनुमोदनका लागि पढेर सुनाएका थिए।

अस्वस्थता, उपचार जिल्लाभ्रमण तथा पार्टीको कामलगायत कुनै पनि कामले विदा लिएरै अनुपस्थित भएमा संसद बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ। सूर्यनारायण ३९ वटा बैठकमा अनुपस्थित रहेको बैठकमा जनाइयो।

त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल २१ बैठकमा अनुपस्थित रहे। त्यस्तै सांसद प्रमोद शाह २८ दिन ,अभिशेक प्रताप शाह २६ दिन, पदमनारायण चौधरी २२ दिन, सत्या पहाडी २४दिन अनुपस्थित रहेका छन्। उमाकान्त चौधरी  २२ अनुपस्थित रहे।

संघीय संसद(प्रतिनिधिसभा र राष्ट्रियसभा)को वर्षे अधिवेशन आजै सकिएको छ। राष्ट्रपतिले संसद अधिवेशनको अन्त्य र आह्वान गर्ने व्यवस्था छ।  गत बैशाख २३ गते सुरु भएको बर्खे अधिवेशनमा प्रतिनिधिसभा तर्पm ८९ र राष्ट्रिय सभातर्पm ६१ वटा बैठक बसेका थिए। 

१० वटाभन्दा धेरै बैठकमा अनुपस्थित हुने अन्य सांसदहरु

रामबाबु कुमार यादव– १९          सितादेबी यादव – १८ 

किशोर शिह राठौर –१९,                उमेश श्रेष्ट –१८ 

विनोद कुमार चौधरी –१८            शिवकुमार मण्डल– १५

गोपाल बहादुर बम–१६              सरिता गिरी – १५

विमला विक – १४,                   अमनलाल मोदी–  १२               

उमा रेग्मी –१२                        देवेन्द्र राज कणेल– १३ ,  

जिपछिरिङ लामा –१०                निर्जला आलम –११

नागेन्द्र कुमार –११                  अनिलकुमार झाँ –१० 

नागेन्द्र कुमार–११,                  शरदशिह भण्डारी – ११ 

सशांक कोइराला– १०              दुलारी देबी –१०,

शिताराम महातो –११              सुरेन्द्र कार्की– १० ,

प्रकाशित: ११ आश्विन २०७५ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App