गृहमन्त्री थापा लाचार : गच्छदार

बिहिबार, ११ असोज २०७५, १५ : ३१ नागरिक

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद विजय गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन्।

बिहीवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद गच्छदारले महिला हिंसा, हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताए।   

संसद र राज्य व्यवस्था समितिमा गृहमन्त्रीले हत्या हिंसाका घटना पहिला पनि हुन्थे भनेर दिएको अभिव्यक्तिको आलोचना गर्दै गच्छदारले भने, ‘यो अवधिमा धेरै घटना भएका छन्। गृहमन्त्री, सरकार सजक हुने की नहुने?’

राज्य निरीह बन्यो 

सरकारले अपराधीलाई कारवाही गर्न नसकेको र अपराधसामु निरीह बनेको आरोप लगाउँदै उनले भने, ‘कारवाही त हिजो पन्चायतमा पनि हुन्थ्यो। बलात्कार घटनामा संलग्नहरु थुनिन्थे, मुद्दा लाग्थ्यो। हत्यारालाई सजाय हुन्थ्यो। अहिले आउने कि नआउने। हाम्रो देशमा अहिल निर्मला हत्या काण्ड भयो। त्यसको अपराधी समातिदैन। उल्टै राज्यले आयोग बनाइदिन्छ। यो कस्तो खालको शान्ति सुरक्षा हामीले कायम गर्दैछौं। कानुन पर्याप्त छैन र अपराधीहरुलाई दण्डित गर्नको लागि। चाँहे त्यो एसपी होस वा एसएसपी, मेयरका छोरा हुन वा उपमेयरका छोरा भतिजा हुन। के कानुन छैन यो देशमा? कानुन छ तर कार्यान्वयन गर्न सक्दैनौं। यस्तो निरीह बनेको छ राज्य।’

प्रधानमन्त्रीले गुहार माग्नु लज्जास्पद

नेता गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सांसदसँग गुहार माग्नु लज्जास्पद भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुसँग गुहार गर्नुहुन्छ, सरकारको प्रतिरक्षा गर्नुस। किन नबोलेको, किन प्रतिपक्षको जवाफ दिन नसकेको? यसरी प्रधानमन्त्रीले गुहार गरेको मैले सुनेकै छैन्। प्रधानमन्त्री भन्नुहुन्छ अरिंलाको गोलोमा ढुंगा हानेजसरी आक्रमण गर्नुस्’, गच्छदारले भने, ‘उहाँ सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोज्दै हुनुहुन्छ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad