coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक शुक्रबारमात्रै

काठमाडौँ– नेपाल र चीनबीच आजदेखि हुने भनिएको ऊर्जा संयन्त्रको बैठक भोलि एकदिन मात्र हुने भएको छ। यस अघि बिहिबार र शुक्रबार २ दिन गर्ने भनिएको बैठक शुक्रबार १ दिनमै सम्पन्न गर्ने तयारी भएको ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ताका दिनेशकुमार घिमिरेका अनुसार बैठक शुक्रबार विहान ९ बजेदेखि हुने तय भएको छ। बैठकमा नेपाल पक्षको नेतृत्व मन्त्रालयका सचिब अनुपकुमार उपाध्यायले गर्नेछन्। चिनियाँ पक्षको नेतृत्व भने त्यहाको नेसनल इनर्जी एडमिनिष्ट्रसन अन्तरगतको अन्तरराष्ट्रिय सहयोग विभागका उप महानिर्देशक ही यांङले  गर्दैछन्।

ऊर्जा तथा जलविद्युत क्षेत्रमा प्रभावकारी काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि विशेष वातावरण तयार पार्ने लक्ष्यका साथ बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ। विगतमा भएका सहमति कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन पनि बैठकले निर्णय लिने जनाइएको छ। बैठकमा अन्तरदेशीय प्रसारण लाइन निर्माण, नेपालमा लगानीका लागि आग्रह तथा ऊर्जा व्यापारका विविध आयामका बारेमा छलफल हुने घिमिरेले बताए। सरकारले चीनसँग गरेको सम्झौताअनुसार संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ । 

प्रकाशित: ११ आश्विन २०७५ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App