१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डावर नेपाल इसिमोडबीच सम्झौता

काठमाडौं – डाबर नेपाल र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच सम्झौता भएको छ । सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ। 

सम्झौतापत्रमा इसिमोडका डाइरेक्टर जनरल डेभिड मोल्डेन र डाबरका सार्क बिजनेस हेड एचएस वेदीले हस्ताक्षर गरेका छन् । यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिनेछ, जसमा मौरीपालन, जडीबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजना निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण छन्। 

यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमलाई पनि समझदारीको दायरामा राखिएको छ । डाबर नेपाल र इसिमोडबीच सन् २००२  देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सम्बन्ध रहँदै आएको छ। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App