१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – संघिय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे  र राष्ट्रियसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा शीर्षस्त नेताहरूले सम्बोधन गर्न कार्यक्रम रहेको बताइएको छ। दुबै बैठकमा विभिन्न विधेयकहरुमाथि छलफल गरिने कार्यसूची छ। त्यस्तै विजनेश अभावका कारण संसदको वर्षे अधिवेशन पनि अन्त्य हुन सक्ने बताइएपनि कार्यसूची सार्वजनिक भएको छैन। 

हिजोको प्रतिनिधिसभाको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको थियो। त्यस्तै, विशेष समयमा बोल्दै सांसदहरूले खानेपानी आयोजनालगायत अन्य विकास निर्माणलाई समयमै सम्पन्न गर्न र समयमा निर्माण काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। यस्तै देशभर भइरहेका महिला हिंसा, बलात्कार, तेजाव प्रहार आदि घटनाका दोषीमाथि कारवाही गर्न सांसदहरुले माग गरेका थिए। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App