coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौँ- संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्ने भएका छन्।

यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले भ्रमण स्थगन गरेपछि परराष्ट्रमन्त्री महतले नेतृत्व गर्न लागेका हुन्।  

महासभामा भाग लिन पराष्ट्रमन्त्री महत आइतबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् भने अन्य नेपाली प्रतिनिधिमण्डलका सदस्य आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमण टोलीमा सांसद मोहनबहादुर बस्नेत, मुख्यसचिव सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र राष्ट्र सङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ लगायत रहेका छन्।

“दिगो विकास लक्ष्य: पृथ्वीको रुपान्तरणका लागि विश्वव्यापी दबाब”भन्ने नाराका साथ मङ्गलबारदेखि सुरु हुने महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महतले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यहाँ रहँदा महतले ‘दिगो विकासको कार्यसूची २०३०’ का साथै शरणार्थी र आप्रवासीसम्बन्धी बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। रासस

 

प्रकाशित: ३ आश्विन २०७३ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App