coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्ले सरकारको रेखदेख गर्नेछ : सभामुख महरा

चितवन – सभामुख कृष्णबहादुर महराले सरकारलाई ध्यानाकर्षण गराउन संसद् सतर्क रहेको बताएका छन् । देशमा पछिल्लो समय भइरहेको हिंसाका घटनालाई इंगित गर्दै उनले सरकारले गरेका काम र कारबाहीको रेखदेख गर्ने जिम्मेवारी संसद्को भएको बताए।

१४ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ औं वाषर््िाकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा सरकारलाई गहिरो ध्यानाकर्षण गराउनुपर्ने बताए । ‘सरकारलाई अहिलेभन्दा अझ बढी ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘सबै खाले स्वार्थभन्दा धेरै माथि उठेर राष्ट्रिय संकट हल गर्न पहल गर्नुछ।’

प्रतिनिधिसभामा धेरै दलको सहभागिता रहेको र देश विकासका बारेमा सत्तापक्ष, प्रतिपक्ष दुवैबाट आवाज उठ्नुपर्ने उनले बताए । कार्यक्रममा उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल बनाउनुपर्नेमा जोड दिए । अस्पताल सञ्चालनका चुनौती सामना गर्नुपरे पनि अगाडि बढ्दै जाँदा चुनौती थपिँदै जाने क्रम निरन्तर रहने उनले बताए।

देशकै केन्द्रीय अस्पतालमात्र नभई विश्वकै मोडल अस्पतालका रूपमा क्यान्सर अस्पताललाई विकास गर्नुपर्ने उनको धारणा छ । ‘उपचार, अनुसन्धान र पठनपाठन क्षेत्रमा विस्तार गर्न सकिन्छ,’ उनले भने । क्यान्सर अस्पतालको स्त्तरोन्नतिका लागि निजी, सामुदायिक र सरकारी क्षेत्रको भूमिका हुने भएकाले सबैको पहलले नमुना अस्पताल बनाउनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नमुना अस्पताल बनाउनुका साथै विश्वविद्यालयका रूपमा विकास गर्न सकिने धारणा राखे।

प्रकाशित: ११ आश्विन २०७५ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App